खबर पूर्वाञ्चल
देशको विभिन्न सहरमा नाटक मञ्चन भएपछि भूकम्प पीडितको सहयोयार्थको लागि विराटनगरमा नाटक मन्चनको लागि ल्याएको हो ।
नेपाली समाजको बिकृति, विसङ्गति र नारी अस्मिताको बिषयलाई जोडदार रुपमा नाटकमा प्रस्तुत गरिएको छ । पुरुषप्रधान नेपाली समाजमा छोरा र छोरीबीच रहेको असमान ब्यबहार र त्यसका आधारमा नारीले जन्मेदेखि भोग्नु परेको कठिनाईलाई नाटक ‘जुनकीरी’मा जस्ताको त्यस्तै प्रस्तुत गएिको छ । निकै मार्भिर तरिकाले दर्शकलाई अत्यसम्म मञ्चमा एक घण्टा ४० मिनेटसम्म तान्न सफल भएको छ ।
निकै मार्मिक तरिकाले प्रस्तुती रहेको नाटक ‘जुनकीरी’ मा नानी थापाको अभिनय बेजोड देखिन्छ । दर्शकलाई संगै रुवाउन, संगै हसाउन र संगै गाउँदेखि शहरसम्मको यात्रा गराउन सफल रहेकी नानी थापा ‘जुनकीरी’का माध्यमबाट नाटकभित्र गीत, नृत्य, कबितालगायत हास्य, करुणा, शृङ्गार, वीरलगायत लगभग अभिनयका रस चखाउन पछि परेकी छैनन् । उनी पात्रको मनावैज्ञानिक विचलनलाई नटकमा प्रस्तुत गर्न सफल भएकी छिन् ।
नाटकमा एउटी आँटिली केटी ‘जुनकिरी’ले गाउँले परिवेशबाट शहरको परिवेशमा आई पुग्दासम्म सामना गर्नु परेका समस्या र आर्थिक अभावका कारण भौतिक सुबिधाबाट बिमुख हुनु परेको बाध्यतालाई उजागर गर्दै नाटक अगाडि बढेको देखिन्छ । शहरिया जीवनसंग घुलमील हुनका लागि र भौतिक चाहाना पुरा गर्नका लागि जुनकीरीले आंगालेको पेशाले हाम्रो समाजका नारीहरुको बाध्यतालाई यथार्थ रुपमा चरितार्थ गरेको छ ।
समाजको पुरातनबादी सोचलाई परित्याग गर्दै आफ्नो प्रजनन् अधिकार प्राप्तीका लागि जस्तो सुकै कठिनाइसंग पनि जुध्न तयार भएकी ‘जुनकीरी’ एकल आमा भएर आफ्नो सन्तानलाई आफ्नो परिचय दिन पछि परेकी छैन् । यो नाटकले महिला सशक्तिकरणको एउटा दरिलो सन्देश बोकेको देखिन्छ ।
विराटनगरमा मञ्चन भएको नाटकबाट संकलन भएको रकमले सिन्धुपालचोकको गढी नगरपालिका ५६ घर भूकम्प पीडित माझी परिवारलाई लक्षित गरि स्वेताश्री फाउन्डेशनले सञ्चालन गरिहेको एकिकृत माझी वस्ति बिकास परियोजनालाई आर्थिक सहयोग गर्ने निर्देशक थापाले बताइन् । नाटक मंगलबार पनी देखाइने छ ।