RUMPUM
animated ellipse animated ellipse

महानगरका सिसि क्यामेरा प्रयोग बिहिन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ आश्विन २०७४, आईतवार १९:४६
3
Shares
विराटनगर । विराटनगर महानगरपालिका भित्रका सडकमा जडान गरिएका सिसि क्यामेर प्रयोग बिहिन भएका छन् । महानगरपालिका भित्रको सुरक्षा व्यावस्था चुस्त राख्न जडान गरिएको क्यामेरा सडक निर्माणका क्रममा तार चुटिएपछि प्रयोग बिहिन भएका हुन् ।

चार बर्ष अघि मोरङ ब्यापार संघको समन्वयमा व्यस्त बजारका २३ स्थानमा सिसि क्यामेरा जडान गरिएको थियो । तर ती क्यामेरा अहिले प्रयोगमा आउन नसकेको वडा प्रहरी कार्यालय विराटगरका प्रहरी नायव उपरीक्षक सुरेन्द्र सिटौलाले जानकारी दिए । सिसी क्यामेरा बिग्रिपछि महानगर भित्र सञ्चालित सुरक्षा अभियानकै क्रममा मर्मतकालागि पहल थालिएको उनले बताएका छन् । ‘ जडान गरिएका मध्ये तत्काल मर्मत गर्दा १०–१५ वटा सञ्चालनमा आउन सक्ने अवस्थामा छन् ’ उनले भने ‘ तिहार अघि सञ्चालन गर्नेगरी मर्मतको काम भैरहेको छ ।’ महानगर भित्र सञ्चालित बिषेश सुरक्षा अभियानलाई प्रभावकारी बनाउन पून मर्मतको काम थालिएको उनको भनाई छ ।

उनका अनुसार जडान गरिएका क्यामेरा कतिपय स्थानमा बाटो मर्मत गर्दा तार चुटिएका छन् भने केही स्थानमा मधेस आन्दोलनका क्रममा फुटाइएका छन् । बजार क्षेत्रमा भएकालाई सञ्चालनमा ल्याएर सुरक्षा निगरानीलाई प्रभावकारी बनाउने उनको भनाई छ । क्यामेरा सञ्चालन नहुदा प्रहरी परिचालन समेत समस्या भएको उनको भनाई छ । ‘ बजार अनुगमन र सम्भावित चोरी डकैतीका घटनालाई क्यामेराबाट नियालेर नियन्त्रण गर्न सजिले हुने बताउदै उनले क्यामेरा नहुदा प्रहरी जनशक्ती बढि परिचालित हुनु परेको बताए ।

सडक ढल तथा नाला निर्माणको अभियानले गर्दा सिसि क्यमेराका फाइवर (तार) चुटाएका कारण क्यामेराहरु प्रयोगमा आउन नसकेको हो । विराटनगर एयरपोर्ट मोड देखि रोडशेस चोक हुदै बजारका विभिन्न चोकमा जडान गरिएका २३ वटा क्यामेरा जडान गरिएको छ ।

सिसि क्यामेरा कसको स्वामित्वमा राख्ने भन्ने पनि अन्योल छ । अभिनास बोहरा अध्यक्ष भएका बेला मोरङ ब्यापार संघको पहलमा सिसि टिभी जडान गरिएको थियो । तर सो क्यामेरा ब्यापार संघले औपचारिक रुपमा अझै कुनै निकायलाई हस्तान्त्रण गरेको छैन् । ब्यापार संघले हस्तान्त्रण नगरेपनि विराटनगर महानगरपालिकाले मर्मतकालागि काम थालेको हो । महानगरपालिकाका प्रमुख भीम पराजुली विशेष सुरक्षा अभियान अन्रगत सिसि क्यामेरा मर्मतको काम थालिएको बताएका छन् । उनले महानगरको सुरक्षाकालागि सबै सिसी क्यामेरा सञ्चान गरिने बताए ।

सिसि क्यामेरा सञ्चालन नभएकै कारण प्रहरी कै अगाडीबाट दुई बर्ष अघि भएको २५ लाख चोरीको घटनाको रहस्य अझै बाहिर आएको छैन । विराटनगरको व्यस्त बजार गुद्री वि प्लटबाट २०७२ असोज ११ गते २५ लाख रुपैया चोरी भएको स्थान नजिकै सिसि क्यामेरा थियो । तर सिसि क्यामेरा विग्रिका कारण कुनै भिडियो रेर्कड भएन । रेर्कड नहुदा दशैको मुखमा २०७२ असोज ११ गते मंगलवार वि प्लटमा पार्किङ गरेर राखेको जिपबाट माउण्ट मकालु विकास बैक बसन्तपुर तेह्रथुमको २५ लाख रुपैया चोरी भएको रकम र चोर्ने ब्यक्ती अझै पक्राउ परेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर