AArya
RUMPUM
animated ellipse animated ellipse

बिरालोको टोकाइबाट एकको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० आश्विन २०७४, शुक्रबार १७:५५
3
Shares
काठमाडौं । दुई दिनअघि बिरालोको टोकाइका कारण एक व्यक्तिको मृत्यु भएको खुलेको छ । नुवाकोटका पोखरेल थरका ४६ वर्षीय एक व्यक्तिको बुधबार मृत्यु भएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

नेपालमा कुकुरको टोकाइपछि रेबिज लागेर मृत्यु भएका घटना धेरै छन् । तर, बिरालोको टोकाइ र त्यसका कारण रेबिज लागेर मृत्यु भएका घटना सार्वजनिक भएका थिएनन् । विश्वमा पनि यस्ता घटना दुर्लभ मानिन्छन् ।

घरबाट काममा जाने क्रममा उनलाई दुई महिनाअघि घरपालुवा बिरालोले पिँडुलामा टोकेको थियो । केही समयसम्म उनमा कुनै समस्या देखिएन, एक दिन अचानक बेहोस भए ।

उनी मधुमेहका बिरामी भएकाले परिवारका सदस्यले ‘सुगर’ बढेको शंकामा नजिकको स्वास्थ्य संस्थामा पुर्‍याए । जाँचका क्रममा चिकित्सकले रेबिज भएको शंकामा १७ असोजमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल रिफर गरे । उक्त अस्पतालले रेबिज भएको पुष्टी गर्‍यो ।

‘कुकुरबाट रेबिज सरेर मृत्युका घटना त धेरै सुनिएका थिए, बिरालोबाट रेबिज भएको घटना सम्भवतः नेपालमा पहिलो हो,’ अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा. शेरबहादुर पुनले भने ।

उनका अनुसार सुरुमा पौडेलमा हावा र पानीसित डराउने लक्षण देखिएको थियो । आफ्नो हात र औंला आफैं टोक्नेलगायत लक्षण पनि देखिएका थिए ।

तर, आफन्तले उनलाई अस्पताल भर्ना गर्न नमानेपछि १७ असोजमा घर लगिएको थियो । भोलिपल्टै पुनः अस्पताल ल्याइयो । गत बुधबार उनको मृत्यु भएको हो ।

कुकुरको टोकाइबाट सर्ने ‘रेबिज’का जीवाणु बिरालोबाट पनि सर्न सक्छ । रेबिज भइसकेका बिरामीको उपचार सम्भव नहुने चिकित्सकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर