animated ellipse animated ellipse

हिन्दी चलचित्र ‘मै बैराग’ को छायाकन सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ आश्विन २०७४, बिहीबार १७:३०
3
Shares
विराटनगर, १९ असोज / हिन्दी चलचित्र ‘मै बैराग’ को को छायाकन सुरु भएको छ । करिब भारु २ करोड लागतामा निमार्ण सुरु भएको सो चलचित्रको अधिकाशं छायाकन नेपालको विभिन्न स्थानमा हुने भएको छ ।

चलचित्र यूनिटले उक्त चलचित्रको आज बिहीबार शुभमुर्महत गरि विराटनगरबाट छायाँकन सुरु गरेका छन् ।

सन्तोष सरकारले निर्देशन गरेको चलचित्र सन्देश मुलक रहेको बताइएको छ । ‘नेपाल र भारतको सिमामा हुने चोरी तस्करीको विषयबस्तुलाई चलचित्रमा उठान गरिएको छ,’ निर्देशक सरकारले भने, ‘चलचित्रको कथा अनुसार नेपालको विभिन्न भुभागमा बढी छायकन हुनेछ ।’ चलचत्रिको छायाकन विराटनगरमा बढी रहने बताइएको छ । चार वटा गीत रहेको चलचित्रको छायाकन नेपालको पर्यटकीय क्षेत्रमा गर्ने निर्देशक सरकारले जानकारी दिए ।

सूर्यदय इन्टरटेन्टमेन्ट मुम्बईको ब्यानरमा निमार्ण भएको चलचित्रको डिसेम्बर अन्तिम साता भारत र नेपालको सेनेमा घरहरुमा प्रदर्शनी हुने निमार्ण यूनिटले जानकारी दिएको छ । चलचित्रको नायक अमिरसमर खान तथा नायिकामा प्रज्ञा तिवारी रहेकी छिन् । अन्य कलाकारहरुमा रवि रोहन, गयास अकेला, विरेन्द्र भगतलगायत रहेका छन् । चलचित्रको छायाकन केशब रायमाझीले गरेका छन् भने निर्मता पुष्पा घोस रहेकी छिन् । चलचित्रको पटकथा सैफ अली खानले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर