RUMPUM
animated ellipse animated ellipse

मुम्बईको एक रेल स्टेसनमा भागदौड हुँदा २२ जनाको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ आश्विन २०७४, शुक्रबार २१:२१
3
Shares
विराटनगर, १३ असोज /मुम्बईको एक रेल स्टेसन जोड्ने पुलमा भागदौड हुँदा २२ जनाको मृत्यु भएको छ ।

एल्फिंस्टन र परेलको स्थानीय रेल स्टेसन जोड्ने पुलमा भागदौड मच्चिएको र हालसम्म कम्तीमा २२ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।

२२ जनाको मृत्यु भएको र अन्य ३० जना घाइते भएका किङ एडवर्ड मेमोरियल अस्पतलाका डाक्टर प्रविण बांगडले पुष्टि गरेका पनि बिबिसीमा उल्लेख छ ।

पश्चिमी रेलवेका पब्लिक रिलेसन अफिसरका अनुसार एल्फिंस्टन सडक छेउको ‘फुटओभर’ पुलमा आज बिहान साढे १० बजे भागदौड भएको हो ।

ठूलो पानी परेकाले पानीबाट जोगिन मान्छेहरु रेलमाथि चढ्न थालेपछि पुलमा भिड बढेको रेलवे प्रवक्ता अनिल सक्सेनाले बताएका छन् । तर, भागदौडको खास कारण भने पत्ता नलागेको र यसबारे जाँच हुने उनले बताएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर