पूर्वाञ्चल खबर
प्लान नेपालको सहकार्य र ओरेक नेपाल विराटनगरको आयोजनामा बालिका अधिकारका लागी वकालत परियोजना अन्र्तगतको लैङ्गिक समानता र कार्यक्षेत्र लैङ्गिक मैत्री बनाउन सरोकार विषयक बैठकको छलफल पछि उक्त निर्णय गरिएको हो ।
आगामीमा दिनहरुमा होटल तथा रेष्टुरामा काम गर्ने महिला कामदार तथा पुरुष मजदुरहको अबस्था के कस्तो छ भनि खोजी गर्ने ,कामदारले काम गर्दै अएको परिश्रमीक पाएको नपाएको अबस्था बुझ्ने साथै उनीको सुरक्षाको विषयमा खोज टिपोट गर्ने भएको छ ।
अहिले सम्म विराटनगरको एउटा होटल बाहेक कुनै पनि होटलहरु टे«ड युनियन जिफन्टसंग आवद्ध नभएका कारण कामदार असुरक्षित हुने गरेको नेपाल ट्रेड युनियन प्रदेश न १ की सदस्य निलम ढुङ्गेलले जानकारी दिईन् । आगामी दिनमा स्थानिय सरकारी निकाय, स्थानिय प्रशासन र श्रम कार्यलयसंग पनि त्रिपक्षिय पुन बैठक बसी उनीहरुको पेशागत हक हितको लागी आवाज उठाउने ढुङ्गेलले बताईन् । कार्यक्रम ओरेक नेपाल विराटनगरकी कार्यक्रम अधिकृत शान्ति दनवार,राज कुमार मेहता, रोजगार सुचना केन्द्र विराटनगरका ललित कुमार यादव, घरेलु तथा साना उद्योग महासघकी सुनिता छाराहाङ लगयातले बोलेका थिए ।