ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

हातेमालो समाजद्वारा शैक्षिक सामग्री प्रदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ आश्विन २०७४, शनिबार १९:३९
27
Shares
विराटनगर, ७ असोज / एकीकृत हातेमालो समाज नेपालले मोरङको दादरबैरिया र दर्वेशास्थित आनन्द इँटा उद्योगमा काम गर्ने स्थायी कामदारका छोराछोरीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।

विद्यालय जाने ५१ जना बालबालिकाहरूलाई बेटर ब्रिक नेपाल परियोजनाअन्तर्गत शैक्षिक सामग्री वितरण गरिएको परियोजना संयोजक सुनिता ताम्राकारले जानकारी दिइन् ।

कार्यक्रममा दादरबैरियाको आनन्द इँटा उद्योगमा कार्यरत कामदारका २३ जना र दर्वेशाको २८ जना बालबालिकालाई विद्यालय पोशाक, झोला, कापी कलम, ज्यामिती बक्स प्रदान गरिएको थियो । स्थानीय श्री जनता माविका प्रधानाध्यापक चन्द्रप्रसाद दाहाल र श्री महेन्द्र आधारभूत निमाविका निमित्त प्रमुख सुरेशकुमार कोइरालाले बालबालिकालाई नियमित विद्यालय पढ्न पठाउनुमा अभिभावकको प्रमुख जिम्मेवारी रहेको बताए ।

उनीहरूले मजदुरका छोराछोरीलाई अध्ययनका लागि सहयोग गरेकोमा बेटर ब्रिक नेपाल परियोजनाप्रति आभार प्रकट गरेका थिए । उद्योगका तर्फबाट व्यवस्थापक शम्भुनाथ झाले उद्योगमा बालश्रम नरहेको र बालबालिकालाई विद्यालयमा पठाउन सके समाज बालश्रममुक्त हुने विचार व्यक्त गरेका थिए ।

समाजका उपाध्यक्ष प्रेमचन्द्र गिरीले बेटर ब्रिक नेपालले सफा इँटा उत्पादनका लागि सहजीकरण र पैरवी गर्दै आएको जानकारी गराए । बालश्रमबिना इँटा उत्पादन हुनुपर्छ भन्ने मान्यता लिएर हातेमालो समाजअन्तर्गतको बेटर ब्रिक नेपाल अगाडि बढेको प्रस्ट पारे । परियोजनाले बालश्रम निवारणलगायत ५ वटा मापदण्डमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर