खबर पूर्वाञ्चल
पक्राउ परेकाहरुको साथबाट प्रहरीले ३ लाख १५ हजार नगद, जुवा खेल्न प्रयोग गरिएका तास र कौडासमेत बरामद गरेको छ । कांग्रेस कार्यालयबाटै पक्राउ परेका जुवाडेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । स्रोतका अनुसार पक्राउ परेका अधिकांश कांग्रेसका स्थानीय नेता हुन् । कांग्रेसको जिल्ला तहका नेताको दबाबका कारण प्रहरीले जुवाडेको नाम सार्वजनिक नगरेको हो ।
गोप्य सूचनाको आधारमा छापा मार्दा विराटनगर–९ को कांग्रेस कार्यालय रहेको स्थानबाट १ लाख ८५ हजार रुपैयाँ सहित ६ जना र विराटनगर–४ मा रहेको केशब थापाको घरबाट १ लाख ३० हजार रुपैयाँ सहित ८ जना जुवाडे पक्राउ परेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताउनु भयो । जुवा खेलाउने तथा खेल्नेको विषयमा थप अनुसन्धान भइरहेको बिसीले बताए ।