AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

धरान भेट्रान फाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ आश्विन २०७४, बिहीबार १८:३१
3
Shares
विराटनगर, ५ असोज / धरान भेट्रान क्लब विराटनगरमा जारी पूर्वाञ्चलस्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सिएमजी स्वास्थ्य क्लब विराटनगरको आयोजनमा डिग्री क्याम्पसको खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा हाटखोला भेट्रान क्बल विराटनगरलाई १–० गोलअन्तरले पराजित गरी धरान फाइनलमा प्रवेश गरेको हो ।

जितसँगै धरानले शनिबार हुने फाइनलमा बिर्तामोड भेट्रान क्बलसँग प्रतिस्र्पा गर्नेछ ।

खेल सुरुवातदेखिनै आक्रमक रुपमा प्रस्तुत भएको धरान भेट्रान क्बलले पहिलो हाफको १८ औं मिनेटमा सुजित कुमार राईले वान भर्सेस वानको प्रहारले जाली चुमाए । उनलाई राकेश राइले पास मिलाइ दिएका थिए । धरानलाई जितको लागि सुजितले गरेको गोल नै निर्णायक बन्यो ।

निकै रोमान्चक भएको प्रतियोगिताको दोस्रो हाफदेखि हाटखोला भेट्रान क्लले खेल सुधारे पनि गोल गर्न सकेन । धरान भेट्रान क्लबले आक्रमक रुपमा प्रस्तुत भएपनि थप गोल गर्न पाएन । हाटखोलका खेलाडीहरुले गोल गर्ने अवसहरु चुकाउँदा पाहुना टिमलाई जित सुम्पिनु प¥यो । हाटखोला भेट्रान क्बलका स्मायील मियाले खेलको ३८ मिनेटमा वान भर्सेस वानको प्रहार धरानका गोल किपर सानदार बचाए । दुवै टिमले सुन्दर खोल गर्ने अवसरहरु खेर फाले ।

प्रतियोगिताको म्यानअफ द म्याच धरान भेट्रान क्लबका बिमल गुरुङ्ग घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर