खबर पूर्वाञ्चल
विराटनगरमा आज एक समारोह आयोजना गरी घिमिरेलाई अध्यक्षमा पदभार ग्रहण गराएको हो ।
समितिको प्रथम उपाध्यक्ष्मा नविन लामिछाने, द्धितीय उपाध्यक्ष सम्बु बहादुर कार्की, तृतीय उपाध्यक्ष ममता श्रेष्ठ, सचिब सुर्य नारयण चौधरी र कोषाध्यक्षमा राजन दत्त रहेका छन् ।
चयन भएका नयाँ कार्यसमितिहरुलाई लायन्स क्लब डिष्ट्रक ३२५ ए वानका डिष्ट्रिक भर्नर लिला ढुङ्गगेले पदभार ग्रहण गराएका थिए ।
सोही अवसरपारेर विभिन्न क्षेत्रमा सहयोग पु¥याउने एक दर्जन बढी विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको थियो ।
लायन्स क्लब अफ विराटनगर मोरङको तेस्रो चरणमा अध्यक्ष भएका डा. बालकृष्ण साहको एक वर्षको कार्यकालमा १ सय १८ वटा सामाजिक कार्यक्रम भएको छ । डा. साहको नेतृत्वमा मोरङ, सुनसरी, तेह्रथुमलगायतको विभिन्न जिल्लाहरुको ग्रामिण क्षेत्रमा सामाजिक कार्यहरु भएको हो ।
साहको कार्यकालमा स्वास्थ्य शिविरदेखि, विभिन्न सचेता मूलक कार्यक्रम, राहत लगायतको विभिन्न गतिविधीहरु भएको थियो । क्बलले विराटनगरको स्कूल तथा कलेजहरुमा अध्ययरत किशोरीहरुलाई सचेतामूलक कार्यक्रमहरु दिएको थियो ।