खबर पूर्वाञ्चल
विराटनगर – १५ बैंक चोक स्थित लायन्स क्लवले आज निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
शिविरमा डाइबेटिज, ब्लड प्रेसर, सुगरको विरामीहरुको स्वास्थ्य परिक्षण र उपचार निःशुल्क गरेको क्लबका अध्यक्ष मनोज साहले जानकारी दिए । शिविरमा विराटनगर १५ र १६ का ५ सय १२ जनाले स्वास्थ्य परीक्षण गरेको क्लबका अध्यक्ष साहले बताए । सुघर चेक जाँचको लागी फास्टीङ्ग सुगर, पि.पि र सुगर रेन्डमको चेकअप गराईएका थिए ।
स्वास्थ्य शिविरमा लायन्स क्ल्व अफका सेकेण्ड भिडीजी लायन राजन खत्री, लायन्स क्लवका एडभाईजर लायन मिना जोशी,रिजन चिय पर्सन रानु गोयल, गोग्राह लायन्स क्लवका अध्यक्ष तेजलाल कर्ण लगायतको उपस्थित रहेको थियो ।