खबर पूर्वाञ्चल
आज भएको पहिलो सेमिफाइनलमा मलेसियाले दिएको १ सय २२ रनको लक्ष्यलाई नेपालले सजीलै पार गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । फाइनलमा स्थान बनाएसँगै नेपाल यू–१९ एसिया कपमा छनोट समेत भएको छ ।
मलेसियाको बायुमास ओभल मैदानमा मलेसियाले दिएको १ सय २२ रनको लक्ष्यलाई नेपालले २३ दशमलव १ बलमा बिना विकेटको क्षतिमा पार गरेको छ ।
नेपालको जितमा ओपनरद्वय सन्दीप सुनार नटआउट ५१ र मोहमद आसिफ शेखले नटआउट ५० रन जोडेका दिए । सुनारले ७७ बलमा ८ चौका प्रहार गरे भने आशिफले ६५ बलमा ८ चौका र १ छक्का प्रहार गरेका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीको घाटक बलिङसामु निरीह हुदै ४२ ओभरमा १ सय २१ रनमा अलआउट भएको थियो ।
मलेसियालाई सामान्य योगफलमा समेट्न कप्तान ऐरी एक्लैले ५ विकेट लिए भने पवन शर्राफले २ विकेट लिए । त्यस्तै रोहित पौडेल, सन्दीप लामिछाने र सहाब अलामले पनि १–१ विकेट लिए । मलेसियाका लागि डे सिल्भाले सर्वािधिक ३९ रन बनाए भने विरनदिप सिंहले २५ रनको योगदान गरे ।
नेपालले पछिल्लो तीन महिनामा मलेसियाको युवा टोलीलाई पराजित गरेको तेस्रो पटक हो।
तीन महिनाअघि सिंगापुरमा भएको आइसिसी यू–१९ विश्वकप छनोटमा नेपाल र मलेसिया दुई पटक भिडेका थिए। दुवै खेलमा नेपालले मलेसियलाई समान ५–५ विकेटले हराएको थियो ।
मलेसिया एक समयमा ६४–१ को अवस्थामा थियो जुन बेला दिपेन्द्र ऐरीले विकेट लिंदै नेपाललाई खेलमा फर्काएका थिए
आजै सम्पन्न दोश्रो सेमीफाइनलमा हंगकंगले सिंगापुरलाई ७ विकेटले पराजित गरी फाइनलमा नेपालसँग भेट पक्का गरेको छ फाइनल खेलको बिजेता टिम नोभेम्बरमा मलेसियामै आयोजना हुने एसियाली टेस्ट रास्ट्रहरु समेत खेल्ने यु-१९ एसिया कप खेल्न छनौट हुनेछ ।
फाइनल खेल आइतबार बिहान ७ : १५ बजे (नेपाली समय) किनरारा ओभल मैदानमा हुनेछ ।