खबर पूर्वाञ्चल
यस्तै विद्यालयमा अध्ययनरत २ जना अपाङ्गता भएका विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको थियो । यस्तै जिल्ला शिक्षा कार्यालयको १६ लाख र विद्यालयको २ लाखको सहयोगमा नवनिर्मित २ कोठे विद्यालयको मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले उद्घाटन गरे ।
यस्तै सुचना प्रविधि पुस्तकालय पनि संचालनमा ल्याइएको छ । जहाँ बालमनोविज्ञानसग सम्बन्धीत पुस्तकहरु,खेलकुदका सामाग्री, म्युजिकका सामाग्री ,बाल पुस्तकहरु,प्रोजेक्टर , प्रिन्टर लगायतका सामाग्री राखिएका जिल्ला बाल संगठन मोरङका सचिव राजु मास्केले जानकारी दिए ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली,मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले बाल मन्दिर प्राथमिक आधारभुत विद्यालयलाई बालमैत्री आधारभूत नमुना विद्यालयको लागि पहल गर्ने बताए ।
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्य , स्थानिय विकास अधिकारी सोभाखर रेग्मी, बिराटनगर महानगरका शिक्षा प्रमुख रूद्र दुलाल लगायतको उपस्थित रहको थियो । कार्यक्रम बाल संगठन मोरङका सभापति अर्जुन निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैबीच राष्ट्रिय बालदिवसको सन्दर्भ पारेर विराटनगरस्थित
सुवर्ण बहादुर अमात्य स्मृति ट्रस्टले संसारीमाई मन्दिर परिसरमा रहेको भानु मोरङ आधारभुत विद्यालयका कक्षा १ देखि ५ सम्मका १सय ५० बिद्यार्थीहरुलाई स्कुलब्याग,कपीलगायत शैक्षिक सामाग्री वितरण गरेको छ ।
वडा नम्बर १० का वडाध्यक्ष माधव वाग्ले,स्कुलका शिक्षक अभिभावक संघका अध्यक्ष राजेशकुमार मास्के र लायन भविषकुमार श्रेष्ठलगायतले बालबालिकाहरुलाई सामाग्री हस्तान्तरण गरे ।
विपन्न विद्यार्थीलाई समेत अध्ययन–अध्यापनमा केही सहज होस भनेर राष्ट्रिय बाल दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गरिएको ट्रस्टका अध्यक्ष सुभाष अमात्यले जानकारी दिए ।
यसैबिच बालदिवसको अवसरमा विराटनगरमा बालमैत्री स्थानीय शासन अध्ययन केन्द्रको उद्घाटन गरिएको छ ।
विराटनगर महानगरपालिकाको आयोजनामा बालमैत्री स्थानीय शासन अध्ययन केन्द्र संचालनमा ल्याइएको हो । बालमैत्री स्थानीय शासन केन्द्रको उद्घाटन गर्दे विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर महानगरपालिकाले बालबालिकाका लागि नीति बनाएर बालबालिकाकाको लागि कार्यक्रम ल्याइने बताए ।
विश्व बजारमा प्रतिस्पर्धा गर्न बालबालिकाले आजैदेखि आफूलाई सोही अनुसार अगाडि बढाउनु पर्ने भएकाले महानगरपालिकाले पनि सोही अनुसार कार्यक्रम ल्याइने बताए ।
बालमैत्री स्थानीय शासन अध्ययन केन्द्रमा बालबालिकाको अधिकार, बालमैत्री स्थानीय नीति तथा विभिन्न पुस्तक छन् । विराटनगर महानगरपालिका बालमैत्री स्थानीय शासन प्रवद्र्धन एवम् बालमैत्री नगर घोषणाको दिगोपना निम्ति बालमैत्री सम्बन्धी भए गरेका महत्वपूर्ण कामहरुको बारेमा अध्ययन अवलोकन गर्न सहजताका लागि बालमैत्री स्थानीय शासन अध्ययन केन्द्रको स्थापना गरिएको विराटनगर महानगरपालिकाका बालबालिका विभाग प्रमुख डिल्ली धिमालले बताए ।
यसैबिच बालदिवसका अवसरमा विराटनगर ३ मा रहेको पोखरीया माविले विविध कार्यक्रमको आयोजना गरेको छ ।
बालदिवसका अवसरमा पोखरीया सक्रिय बाल क्लबमा आवद्ध पोखरीया मावि कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुले समसामयकि सामाजिक परिवेशलाई नाटक मार्फत प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले नृत्य,गीत लगायत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै मोरङका उपजिल्ला शिक्षा अधिकारी गणेश अधिकारी, वार्ड नम्बर ३ का वडाध्यक्ष विनोद बस्नेते बाल अधिकार स्थापीत गर्न सबैले आ¥आफ्नो स्थानबाट लाग्नु पर्ने बताए ।