खबर पूर्वाञ्चल
खेलमा धरान फुटवल क्लव सुनसरीलाई १ का बिरूद्घ ३ गोल गर्दै मंगलबारे बिजयी भएको हो ।
३ जना नाईजेरियन खेलाडी र राष्टिय खेलाडी बिजय धिमाल, बिक्रम लिम्बूले लिएर मैदान उत्रिएको मंगलबारेले खेलको ५ औ मिनेटमा माटिनको गोल मार्फत खाता खोलेका थिए ।
प्रकाश बुढाथोकी, निराजन खड्का,तिर्थ बस्नेत,बिष्णु सुनुवार लगायतका राष्टिय खेलाडिले भरिएको धरान फुटवल क्लवले धेरै राम्रा अवसर पाए पनि गोल गर्नबाट चुकेका थिए ।
धरानका अबिनाश तुलाङ र बर्तमान तामाङले डिबक्स भित्रको फ्रि बल गोल गर्नबाट चुकेका थिए । खेलको ६३ औ मिनेटमा मंगलबारेका मीन धिमालले सेन्टरबाट निकालेको पासमा आशिस लिम्बुले वान भर्सेस वानमा गोल गर्दै २ गोलको अग्रता बनाए । मंगलबारेका सनम भुजेलले दोस्रो हाफको ईन्जुरीमा १ गोल गर्दै खेल १ का बिरूद्घ ३ गोलको अग्रता बनाए । खेलको ७१ मिनेटमा क्याप्टेन बिष्णु सुनुवारले रेड कार्ड पाएपछी १० खेलाडीमा समेटिएको धरानले खेलको ७९ औ मिनेटमा तिर्थ बस्नेतले १ सान्तवना गोल गरे ।
खेलमा धरानका प्रकाश बुढाथोकी र निराजन खड्काले निकै राम्रा धेरै अवसर पाए पनि गोल गर्नबाट चुके पछी खेल मंगलबारेले जित्यो । आजको खेलको मेन अफ द म्याच मंगलबारेका मिक्चेन घोषित भए । भोलीको खेल राष्टिय जागृती क्लव सुनसरीका बिरुद्ध बिर्तामोड युनाईटेड झापाका बिरूद्घ हुनेछ ।