खबर पूर्वाञ्चल
जिल्ला प्रशासन कार्यालयको निर्देशनमा अनुगमन सुरु भएपनि बर्षभरी अनुगमन गर्ने जिम्मेवार पाएको निकाय प्रमुख बिहिन हुदा अनुगमन देखावटी मात्र बनेको हो ।
अनुगमनको जिम्मेवारी पाएको बार्णिज्य कार्यालय एक बर्ष देखि प्रमुख बिहिन छ ।
गतबर्ष दशै छेक बजार अनुगमन गर्दा प्रमुख रहेको कार्यालयमा त्यस यताको ९ दिन बाहेक प्रमुख बिहिन छ । उपसचिव स्तरको प्रमुख रहने कार्यालय चार महिना यता नायब सुब्बाको नेतृत्वमा चलिरहेको छ ।
प्रमुख नहँुदा दैनिक काम कारवाही समेत गर्न नसकेको कार्यालयले बजार अनुगमन गर्ने काम पनि प्रभावित भएको जनाएको छ । दशैको मुखमा अनुगमन गर्नु पर्ने बाध्यात्मक अवस्था आएपछि अनुगमन गरिहेको हो ।
सरकारी निकायले बजारको अनुगमन नगर्दा चाडवाडको मुखमा कालोबजारी बढेको उपभोक्ता अधिकारको क्षेत्रमा वकालत गर्दै आएको संस्था अहाएको पब्लिक फोरम अध्यक्ष उत्तम ढुङगेल बताउँछन् । उनी दैनिक उपभोग्य बस्तुको मूल्य बढेपनि नियन्त्रण गर्न स्थानीय प्रशासन असफल भएको गुनासो गर्छन ।
मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न बजारमा स्थानीय सरकारले हस्तक्षप गर्नु पर्ने बताउछ्न । तर प्रशानबाट हुने अनुगमन नियमित नहुदा र अनुगमन देखावटी हुदा कालोबजारी मौलाएको बताउछ्न ।
यता बाणिज्य कार्यालयका निमित्त प्रमुखको जिम्मेवारी पाएका कुमार दाहाल प्रमुख नहुदा अनुगमन गर्न केही समस्या भएको बताए । जनशक्ती नहुदा नियमित अनुगमन र काम कारवाही नै प्रभावित भएको उनको गुनासो छ ।