animated ellipse animated ellipse

जोगवनीको रेलसेवा सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ भाद्र २०७४, आईतवार २२:३४
3
Shares
बिराटनगर,२५ भदौ / बाढीका कारण अवरुद्ध भएको भारतीय सीमानाका जोगवनीबाट बथनाहसम्म चल्ने रेल सेवा शनिबारबाट सुरु भएको छ । सेवा सुरु भएसँगै नेपालको रानी भन्सार भएर भित्रिने सामानहरु आउन थालेका छन् ।

बाढीले क्षतिग्रस्त बनाएपछि जोगवनी बथनाह क्षेत्रको रेलमार्ग क्षतिग्रस्त भएपछि रेल सेवा बन्द भएको थियो । साउन अन्तिम साता आएको बाढीले करिव ४ किलोमिटर क्षेत्रको मार्ग बगाएको थियो ।

सेवा सुचारु भएपछि नेपालतर्फको भन्सारको काम पनि सुरु भएको रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी दिए ।

जोगवनीस्थित मिरगञ्ज खोलाको पुल र रेलमार्ग क्षतिग्रस्त भएपछि बिराटनगर नाका हुँदै भित्रिने बस्तु आयात समेत प्रभावित भएको थियो । बिराटनगर नाकासँगको मुख्य भारतीय मार्गको पुल र रेल मार्ग क्षतिग्रस्त भएपछि रानी भन्सारबाट हुने आयात निर्यातको काम ठप्प हुँदा राजश्व संकलन समेत प्रभावित भएको थियो ।

दशैंको मुखमा यो नाकामा झापा, मोरङ र सुनसरीका सर्वसाधारणहरु विभिन्न सामाग्रीहरु किनमेल गर्न जाने गर्छन् ।

भन्सार तिर्नु नपर्ने र सामान सस्तो पाइने भएकाले नेपालीहरु यहाँको भारतीय बजारमा जाने क्रम विगत केही वर्षयता निकै बढेको छ ।अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर