खबर पूर्वाञ्चल
पहिलो नगर परिषदवाट नगरपालिकातर्फ १ अर्व ७४ करोड ८९ लाख २१ हजार तथा मझौला शहर एकीकृत सहरी वातावरणीय सुधार परियोजना तर्फ १ अर्व ६४ करोड गरी चालु आर्थिक वर्षका लागि अनुमानित वजेट पारित गरेको हो ।
महानगरपालिकाले आज पत्रकार सम्मेलनगरी महानगरपालिकाको आन्तरिक श्रोतवाट २७ करोड १४ लाख ४० हजार , राजस्ववाट २ करोड २५ लाख , नेपाल सरकार ससर्त अनुदान विषयगत कार्यालय तर्फ २६ करोड ७१ लाख ४१ हजार,नेपाल सरकार समपुरक र विशेष अनुदान ३ करोड,नेपाल सरकार ससर्त अनुदान ३१ करोड ५४ लाख ४१ हजार,वैदेशीक अनुदान ३ करोड ५४ लाख ५० हजार, जनसहभागितावाट ३ करोड २० लाख ९८ हजार, नगर विकास कोष ऋण सहयोग ५ करोड,नगरपालिका मौज्जात १७ करोड ८७ लाख गरी १ अर्ब ७४ करोड ८९ लाख २१ हजार आयआर्जन हुने अनुमान गरेको छ ।
महानगरपालिकाका प्रमुख भिम पराजुलीले महानगरपालिकाले नगरपािलकातर्फको चालु खर्चका लागि कुल वजेट मध्ये २० करोड ८६ लाख ९८ हजार रुपैया विनियोजित भएको उल्लेख गरे । त्यस्तै नेपाल सरकारवाट प्राप्त अनुदानवाट विषयगत कार्यालयको चालुखर्च तर्फ २६ करोड ७१ लाख ४१ हजार विनियोजन गरेको छ । महानगरपालिकाले समाजिक सुरक्षा भत्तातर्फ २० करोड , भौतिक पुर्वाधानर निमार्णका लागि ९२ करोड ५१ लाख ५२ हजार , वातावरण सरसफाइ तथा विपद् व्यवस्थापनका लागि ३ करोड २३ लाख, समाजिक विकास एवम् लक्षित कार्यक्रमका लागि ११ करोड ५६ लाख २९ हजार ५ सय ७० रुपैया विनियोजित गरेको छ ।
त्यसैगरी वजेट नीथि तथा कार्यक्रम अन्र्तगत विराटनगरमा सञ्चालित संचारमाध्यमहरुलाई दिदै आएको सेवा सुविधामा वृद्धि गरेको छ । शैक्षिक स्तरोन्नतिका लागि दुई वटा सामुदायिक विद्यालय तथा एक मदरसालाई छनौट गरी एक करोड ५० लाख रुपैया छुटयाएको छ । नहरलाई वाइपासको रुपमा विकास गर्न एक करोड रुपैया विनियोजित गरेको छ ।
छोरी वचाउ अभियान अन्र्तगत पहिलो सन्तान छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप ३ हजार रकम दिने निर्णय भएको छ । त्यस्तै ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप एक हजार थप भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी महानगरापकिालकाले भौतिक उपकरण खरिदका लागी दुई करोड रुपैया छुट्टयाएको जानकारी दिइएको छ ।