खबर पूर्वाञ्चल
प्रशासानले कुनै पनी कार्यक्रम गर्नलाई राती नौ बजेका समय तोकेपनी आयोजकले प्रशासनलाई चुनौती दिंदै मध्यरातसम्म कार्यक्र गरेको छ । यस वर्षको मिस कोशी शुक्रबार मध्यरातमा छनौट भएका छन् । करिजम्याटिक एडभान्टेज एभरटाइजिङ्गको आयोजनामा विराटनगरमा सम्पन्न भएको प्रतियोगिताको उपाधि प्रिया खड्काले जितेकी छिन् ।
प्रतियोगिताको फस्ट रनरअप मोरङ कटहरीकी मोनिका देवकोटा घोषित भइन भने सेकेण्ड रनरअप मोरङ अमरदही बिना तामाङ्ग घोषित भएकी छिन् । प्रतियोगिताको मुख्य निर्णायक रहेका गायक रामकृष्ण ढकाल, विराटनगर महानगरपालिकको मेयर भिम पराजुली, उद्योग संगठन मोरङको अध्यक्ष मुकेश उपाध्यय, मोरङ व्यापार संघको अध्यक्ष पवनकुमार सारडालगायता रहेका थिए ।