animated ellipse animated ellipse

विराटनगरको नगरसभा शुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ भाद्र २०७४, शुक्रबार १९:५१
3
Shares
विराटनगर २३ भदौ / विराटनगर महानगरपालिकाको प्रथम नगरसभा विराटनगरमा आजवाट शुरु भएको छ ।

सात वटा विषयगत समितिका संयोजकहरुले प्रस्तुत गरेको अवधारणा माथी छलफल जारी रहेको छ । सार्वजनिक सेवा तथा क्षमता विकास,पूर्वाधार विकास,वित्तिय व्यवस्थापन,स्रोत परिचालन र आर्थिक विकास ,वातावरण तथा विपद व्यवस्थापन,उपभोक्ता हित संरक्षण एवं बजार अनुगमन,सामाजिक विकास र ऐन निर्माण लगायतका विषयमा छलफल हुने छ ।

सभामा प्रस्तुत भएका विषयमाथी निर्णयार्थ छलफल गर्दे पुर्णता दिइने मेयर भिम पराजुलीले जानकारी दिए । नगरसभा विषयगत छलफल नटुगीए सम्म चल्ने बताइएको छ । कार्यक्रममा विराटनगर महानगरका मेयर भिम पराजुली ,उपमेयर इन्दिरा कार्की,कार्यकारी अधिकृत दिपक कोइराला र १९ वटै वडाका वार्डअध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर