RUMPUM
animated ellipse animated ellipse

सिमामा तस्करी रोक्न प्रहरी अभियान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ भाद्र २०७४, बिहीबार २१:५८
3
Shares
विराटनगर,२२ भदौ/इलाका प्रहरी कार्याल विराटनगर रानीले आज ४ लाख मूल्य बराबरको अबैध सामाग्री वरामद गरेको छ ।

सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको इलाका प्रहरी कार्यालय रानीले आज विराटनगर–१६ बैंक रोड नजिकैबाट ४ लाख ११ हजार ९ सय मुल्य बराबरको भन्सार छलेको सामन बरामद गरेको हो ।

बरामद सामानहरुमा लत्ताकपडा, खाद्यान्न, मरीच, सुपारी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष निरौलाले जानकारी दिए । बरामद गरेको सामाग्री आजैै विराटनगर भन्सारमा बुझाएको उनले बताए ।

यसैगरी इलाका प्रहरी कार्यालय रानीले तस्करी नियन्त्रण अभियान चलाएको एक महिना ७ दिनको अवधीमा ८६ लाख मूल्य बरावरको अबैध सामाग्री बरामद गरेको छ । एक महिनाको अवधीमा ८ जना तस्कर, दुई वटा भारतीय मोटरसाईकल र एक भारतीय टयाक्टर नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार