AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी विद्या मन्दिरमा स्वास्थ्य शिविर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ भाद्र २०७४, बिहीबार १४:४७
3
Shares
विराटनगर, २२ भदौ / विराटनगर – १० मा रहेको कोशी विद्या मन्दिरले स्वास्थ्य शिविर आयोजना गरेको छ ।

स्कूल परिसरमा बिहीबार आयोजना गरेको शिविरमा ३ सय ५० जना विद्यार्थीले स्वास्थ्य परीक्षण गरेको स्कूलका निर्देशक राजेशकुमार दासले जानकारी दिए । स्वास्थ्य परिक्षण गर्न काठमाडौंबाट आएका डा. बसन्त यादव र डा. सुमित दासले गरेका थिए । त्यस्तै विराटनगरमा रहेको न्यरो हस्पिटलका नर्स अभिषा कार्की, रुविना सुवेदी, नेहा प्रसाइ र आयषा ओझाले विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

स्वास्थ्य परीक्षणमा स्कूलका अध्ययरत ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

शिवरमा सहभागि भएका अभिभावक राजकुमार भगतले यस्तो खालको स्वास्थ्य शिविरबाटा विद्यार्थीहरु स्वास्थय रहने बताए । उनले भने, ‘स्कूलले यस्तो शिविर आगामी दिनमा पनि गर्दै जानुर्पछ । ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर