animated ellipse animated ellipse

अब इटहरीमा बेलायतको डिग्री पढ्न पाईने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ भाद्र २०७४, बुधबार ०८:२४
3
Shares
इटहरी, २० भदौ अन्तर्रा्ष्ट्रियस्तरको पढाइको अवसर अब इटहरीमा नै उपलब्ध हुने भएको छ । काठमाडौंको इस्लिङ्टन कलेज , इटहरीस्थित बिश्वआदर्श कलेज र सुषमा गोदावरी कलेजको साझेदारीमा पुर्वको इटहरीमा बेलायतको स्नातक तहको विजनेस र आइटी डिग्री सुरु गर्ने भएको हो ।
लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको साझेदारीमा सुन्दरहरैचा (४ स्थित इटहरी इन्टरनेशनल कलेजमा उक्त डिग्रीको पढाइ सुरु हुन लागेको हो ।

यसैबीच मंगलबार इटहरी इन्टरनेशनल कलेजमा बेलायतको शिक्षा क्षेत्रको गुणस्तरीयता मापन समितिको टोलीले भ्रमण गरेको छ। भ्रमणको क्रममा लण्डन मेट्रोपोलिटन विश्वबिद्यालयका पदाधिकारी तथा अन्य पदाधिकारीले कलेजमा बिद्यार्थीहरुका लागि रहेको सेवा सुबिधा , शैक्षिक गुणस्तर तथा कलेजको भौतिक पूर्वाधारका साथै कलेजमा अध्ययन गर्न चाहने बिद्यार्थीहरु, स्थानीयबासी तथा कलेजका सस्थापकसंग छलफल समेत गरेको थियो । ११ सदस्यीय भ्रमण टोलीले उक्त कलेजको भ्रमण गरेर निक्कै खुसी भएको र पुर्बी नेपालको शिक्षा क्षेत्रमा इटहरी इन्टरनेशनल कलेजले पुर्याएको योगदानको उच्च कदर समेत गरेको कलेजका प्रबन्ध निदेशक गणेश दुलालले जानकारी दिए ।

बेलायतमा ८० लाख खर्च गर्दा पाइने डिग्री इटहरी इन्टरनेशनल कलेजमा ६ लाख ७० हजार हाराहारीमा पाउन सकिनेछ ।
कलेजमा अन्तराष्ट्रिय स्तरको शिक्षण विधि लेक्चर , ट्युटोरिएल र वर्कशपमा पढाइने कलेजले जनाएको छ । इनोभेट नेपाल ग्रुपमार्फत नेपालमा विभिन्न पाँच वटा कलेजहरुमा बेलायतको डिग्री संचालन गर्दै आइएको छ । जसअनुसार उल्भरह्याम्टन विश्वविद्यालयको साझेदारीमा मेरिल्याण्ड कलेज विराटनगर र हेराल्ड कलेज काठमाडौ त्यसैगरी लण्डन मेट्रोपोलिटन विश्वविद्यालयको सहकार्यमा इस्लिङ्टन कलेज काठमाडौ , इन्फरम्याटिक्स कलेज पोखरा र इटहरी इन्टरनेशनल कलेज इटहरी सञ्चालन भइरहेका छन् ।

सन् २०१० देखि उक्त लण्डन मेट्रोपोलिटन विश्वबिद्यालयले इस्लिङ्टन कलेज काठमाडौमा बेलायतको डिग्री पढाइ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर