विराटनगर, २८ श्रावन/ जिल्ला समन्वय समिति (जिसस) मोरङका प्रमुखमा नरेश पोखरेल विजयी भएका छन् ।
आज भएको जिससको निर्वाचनमा चार दलकोे गठबन्धनबाट पोखरेलसहितको ९ पदाधिकारी विजयी भएका हुन् । निर्वाचित गठबन्धनमा एमाले, संघीय समाजवादी फोरम, माओवादी केन्द्र र लोकतान्त्रिक फोरम रहेको थियो ।
यसअघिनै उपप्रमुखमा भने माओवादी केन्द्रका प्रकाश साह निर्विरोध निर्वाचित भएका थिए । अन्य पदमा भएको निर्वाचनमा विशेश्वर ढकाल, कात्तिक मण्डल, सुनिता देवी ऋषिदेव, सीतादेवी राजवंशी, बविताकुमारी चौधरी, लक्ष्मीदेवी ऋषिदेव, पुलिस विश्वास रहेका छन् । गठबन्धनबाट एमालेले प्रमुख र एक सदस्य, माओवादीले उपप्रमुख, संघीय समाजवादी र फोरम लोकतान्त्रिकले ३÷३ सदस्य लिने सहमति अनुसार उम्मेदवारी दर्ता गरेका थिए । सोही सहमति अनुसार गठबन्धनले प्यानलले नै विजयी भएको हो ।