खबर पूर्वाञ्चल
नेपाली स्वरमा समेत गीत गाएका कुमार सानुको गीत उत्तिकै लोकप्रिया छन् । लाइभ कन्र्सटमा उनले ४ वटा नेपाली गीत प्रस्तुत गर्नेछन् । कन्र्सट अवधिभर गायक कुमार सानुले दुई दर्जन गीत प्रस्तुत गर्ने आयोजकले जनाएको छ । मनोरञ्जनको क्षेत्रमा काठमाण्डौपछि पोखरा र धरानलाई मात्र हेरिने गर्दछ, स्थानिय आयोजक तथा यूवा व्यापारी कविन श्रेष्ठले भने, ‘पूर्वी नेपालको विराटनगरलाई मनोरञ्जनको क्षेत्रमा पहिचान गारउन अन्तराष्ट्रिय स्तरको कन्र्सट गर्न लागेका हौं ।’ १ करोड खर्च हुने अनुमान गरेको कन्र्सटमा अन्तराष्ट्रिय स्तरको साउण्ड सिस्टम रहनेछ ।
कुमार सानुको लाईभ कन्र्सट हेर्नको लागि भारतको विभिन्न प्राप्त देखि स्वदेशको विभिन्न शहरबाट स्रोता आउने भएकाले ४ हजार दर्शक अटने क्षमताको स्टेज बनाउने तयारीमा लागि परेको श्रेष्ठले बताए ।