विराटनगर, २१ साउन /लायन्स क्लब अफ विराटनगर ग्लोबलको आयोजनामा विराटनगरमा एक दिने दन्त शिविर आयोजना गरेको छ ।
विराटनगर – १७ मा आज आयोजना गरेको दन्त शिविरमा ३ सय बढीले दन्त परिक्षण गरेका छन् ।
यूथ युनिट अफ नेपालको सहयोगमा भएको शिविरमा डा.दिपेन्द नौलाखे, डा. नुतन नौलाखे, डा. महमद कमरुलले दन्त परिक्षण गरेका थिए । यस क्षेत्रमा बढी मात्रमा दन्तको समस्या भएको विरामीहरु रहेको हुनाले सामाजिक कार्य अनुरुप दन्त शिविर आयोजना गरको क्लबको अध्यक्ष सतार अन्सारीले बताए । उनका अनुसार दन्त परिक्षण गर्नेहरुलाई निःशुल्क ब्रस र पेस्टको साथै औषधिसमेत वितरण गरीएको थियो ।