सम्राट स्पोर्टिङ्ग क्लबको नव निर्मित भवनको उद्घाटन
खबर पूर्वाञ्चल
१४ श्रावण २०७४, शनिबार १४:०५
3
Shares
विराटनगर, १४ श्रावन / विराटनगर– ३ मा रहेको सम्राट स्पोर्टिङ्ग क्लबको नव निर्मित भवनको उद्घाटन आज गरेको छ ।
भवनको उद्घाटन नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा पूर्व सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले गरे ।
२०५५ सालमा स्थापना भएको सम्राट स्पोर्टिङ्ग क्बलको दुई कोटे भवन करिब २० लाख लागतमा निमार्ण गरिएको क्बलका अध्यक्ष किरण गिरीले जानकारी दिए ।
सोही अवसरमा विराटनगर महानगरपालिको निर्वाचित मेयर भिम पराजुली, उपमेयर इन्दिरा कार्की र १ र ३ नम्वर वडाको वडाअध्यक्षसहित अन्य सदस्यहरुलाई समेत क्लबले सम्मान गरेकोे थियो । त्यस्तै क्बलको संस्थापक अध्यक्ष उद्धव अर्यालयसहित कार्यसमितका सदस्यहरुलाई समेत सम्मान ग¥र्यो । सम्मानित हुनेहरुलाई कार्यक्रमको प्रमुख अतिथि रहेका नेता डा. रिजालले दोसल्ला ओढाएर सम्मान गरे ।