RUMPUM
animated ellipse animated ellipse

‘विराटनगर सञ्चार क्षेत्रकै हब बन्न सक्छ’– पराजुली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ असार २०७४, शनिबार १०:०९
3
Shares
विराटनगर, ३ असार/ नेपाली काँग्रेसबाट विराटनगर महानगरपालिकाका उम्मेदवार भीम पराजुली र उपमेयर उम्मेदवार इन्दु कार्कीले नगरमा सञ्चारक्षेत्रको विकासमा सकारात्मक भूमिका खेल्ने बताए ।
नेपाल प्रेस युनियन मोरङसँग भएको अन्तर सम्वाद कार्यक्रममा मेयर पदका उम्मेदवार पराजुलीले एक नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा रहेको विराटनगरमा सञ्चार क्षेत्रको विकासमा आफूले सहयोग गर्ने बताए । पराजुलीले भने,‘क्षेत्रगत रुपमा हेर्दा विराटनगरले पूर्वकै करिडोरमा सञ्चारको नेतृत्व लिन सक्ने भएकोले यो क्षेत्रमा सञ्चारको विकास जरुरी छ ।’ उनले विराटनगर औद्योगिक नगर भएकोले मुर्झाएको उद्योग, कलकारखाना र औद्योगिक विकासमा काँग्रेसले समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।
उपमेयरकी उम्मेदवार इन्दु कार्कीले महिला हकहित र अधिकार संरक्षणका लागि आफ्नो पहिलो भूमिका हुने बताउँदै काँग्रेसका तर्फबाट आफूले ठूलो समुदायको नेतृत्व गर्ने अवसर पाएको बताइन् । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्लभ घिमिरेले अन्य महानगरमा काँग्रेसले भोगेको पराजलयलार्य पाठ मानेर औद्योगिक तथा राजनीतिक सहर विराटनगरमा विजयी हुन जनप्रिय कार्यक्रम लिएर अघि बढ्नु सुझाव दिए ।
युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष शेखर रेग्मी र सल्लाहकार अनन्तराज न्यौपानेले विराटनगर बहुसांस्कृतिक सहर भएकोले पनि यहाँ रणनीतिक हिसाबले काँग्रेसले चुनावी अभियानलाई घनीभूत रुपमा अघि बढाउनु पर्ने सुझाव दिए ।
प्रेस युनियनका जिल्ला सभापति मिनकुमार नोविदतले मेयर र उपमेयरका उम्मेदवारलाई विजयको लागि शुभकामना दिए ।
तस्विर क्याप्सन ः प्रेस युनियन मोरङका पत्रकारसँग अन्तरसम्वादमा सहभागी काँग्रेस मेयर र उपमेयरका उम्मेदवार भीम पराजुली तथा इन्दु कार्की ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर