animated ellipse animated ellipse

फोरम लोकतान्त्रिकसँग चुनावी तालमेल गरेको भन्दै एमाले महिलाहरुकोे तिब्र असन्तुष्टि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ असार २०७४, शनिबार १७:३८
3
Shares
विराटनगर, ३ असार / विराटनगर महानगरपालिकामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसँग चुनावी तालमेल गरेको भन्दै नेकपा एमाले भित्रका महिलाहरुले तिब्र असन्तुष्टि ब्यक्त गरेका छन । मेयरमा पार्टी अध्यक्ष विनोद ढकाल उमेद्वार बनेपछि उपमेयर महिलाले पाउने भएपछि चुनावका लागि तयारी गरीरहेका उनीहरु निराश भएका हुन ।
उपमेयरमा टुङगो लागेका अन्तिम दुई दावेदार सावित्रा रेग्मी र विमला घिमिरेले पार्टीले आफ्नै महिलाहरुको अस्तित्व स्वीकार नगरेको गुनासो गरेका छन । उनिहरुले कार्यकर्ता र जनताको चाहना विपरीत गरीएको तालमेलले काठमाण्डौ, ललितपुरकै जस्तो परिणाम ल्याउने भन्दै पार्टीले आफुहरुलाई न्याय नगरेको बताएका छन् ।
उपमेयरकी दावेदार सावित्रा रेग्मीले लामो समयदेखि पार्टीमा लागेर आएका महिलाहरुको अस्तित्व स्वीकार नगरिएको बताइन् । उनले फोरम लोकतान्त्रीकसंग अप्राकृतिक गठबन्धन भएको भन्दै यसले सिङगो पार्टीलाई फाइदा नपुग्ने बताइन् ।
त्यसैगरी अर्की दावेदार विमला घिमिरेले पार्टीले आफुहरुलाई अन्याय गरेको बताएन् । दुबै जना दावेदारले लामो समय पार्टीमा बसेर काम गरेकोले अनुशासन पद्धती सिकेको भन्दै अन्याय भए पनि लगनशिल भएर काम गरिरहने बताए । उमेद्वारका आकाक्षंी मात्र होइन अन्य महिलाहरु पनि यो विषयमा सन्तुष्ट छैनन । एमाले मोरङका महिला कार्यकर्ताहरु कविता काफ्ले र भुवनादाहालले पार्टीले यो निर्णय सञ्याउनु पर्ने बताइन् ।
उमेद्वारी दर्ताका लागि करिव १६ घण्टाको समय मात्रबाकी रहदा समेत तालमेलबारे दुबै पार्टीले अहिले सम्म औपचारिक घोषणा गरेका छैनन । तालमेलबारै औपचारिक सहमतिबाहिर नआउँदै एमालेभित्रको असन्तुष्टि बाहिर आएको हो । स्ववियु चुनावका बखत २०३८ सालमा विराटनगरमै एमालेका फणिन्द्र तिम्सिनाको हत्या गर्ने विजय गच्छदारको पार्टीसँग भएको गठबन्धन स्वीकार गर्न नसकिने एमाले कार्यकर्ताहरुको भनाइ छ ।
अनेरास्ववियुका केन्द्रीय सचिब तथा एमाले जिल्ला कमिटि सचिवालय सदस्य वसिम आलमले यो तालमेलले एमालेलाइ घाटा हुने बताए ।
एक्लै जित्ने आधार प्रशस्त हुँदा हुँदै फोरमलाई महानगरको उपप्रमुख पद समर्पण गर्न लागिएको भन्दै एमालेका जिल्ला नेता तथा कार्यकर्ताहरुले चुनाव मायसले परिणाम ‘अर्कै ल्याउने’ चेतावनी िदएका छन् । केन्द्रबाट नै तालमेल गर्न निर्देशन आएको बताउँदै एमाले जिल्ला सचिवालय सदस्य रुपेश खतिवडाले यो तालमेलले स्थानिय कार्यकर्तामा असन्तुष्टि पैदा भएको बताए ।
महानगर भित्रका ६ र ७ नम्बर निर्वाचन क्षेत्रमालोकतान्त्रिकको पकड रहेको गत संविधानसभाको मतअनुसार देखिन्छ । दोस्रो संविधानसभा निर्वाचनमा ६ नम्बर क्षेत्रमा लोकतान्त्रिकका भक्तिमाझी र ७ नम्बर क्षेत्रमा लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार निकटतम प्रतिद्वन्दी बनेका थिए । महानगरमा जोडिएका तीनवटै क्षेत्रमा काँग्रेसले जीतेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर