animated ellipse animated ellipse

विराटनगरका कुन स्कूलको कस्तो नतिजा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ असार २०७४, शनिबार १७:३३
3
Shares
फाइल तस्वीर
विराटनगर, ३ असार  । शैक्षिक हबको रुपमा विकास हुँदै गएको विराटनगरका निजी स्कूलहरुले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा उत्कृष्ट नतिजा निकालेको छ । शुक्रबार प्रकाशित भएको नतिजा अनुसार विराटनगर महानगरपालिकाभित्र रहेको विद्यालयले उत्कृष्ट नतिजा निकालेका हुन् ।
विराटनगरमा रहेको एभरेष्ट बोर्डिङ स्कूलबाट १ सय २४ जना परीक्षामा सामेल भएकोमा ६९ जनाले ‘ए प्लस’ , ५४ जनाले ‘ए’ र १ जनाले ‘बी’ ग्रेड ल्याएको स्कूलका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिए ।
सगरमाथा स्कूलबाट १ सय ९० जनाले परीक्षा दिएकोमा ७६ जनाले ‘ए’ प्लास, १ सय १२ जनाले ‘ए’ र २ जनाले ‘बी’ प्लस ल्याएको स्कूलका प्रिन्सिपल विनोद अधिकारीले जानकारी दिए ।
बीकेभिएम स्कूलबाट २ सय १२ जनाले परीक्षा दिएकोमा १ सय ३७ जनाले ‘ए’ प्लास, ७० जनाले ‘ए’ र ५ जनाले ‘बी’ प्लस ल्याएको प्रिन्सिपल रबिन दाहालले जानकारी दिए ।
ग्रेडेड बोर्डिङ स्कूलबाट ३७ जनाले परीक्षा दिएकोमा ९ जनाले ‘ए प्लस’ , २३ जनाले ‘ए’, ५ जनाले ‘बी’ प्लस ल्याएको स्कूलका प्रिन्सिल प्रेमसिंह सुवालले जानकारी दिए ।
डि.ए.भी स्कूलबाट ५४ जनाले दिएको परीक्षामा ९ जनाले ‘ए प्लस’ , ४२ जनाले ‘ए’, ३ जनाले ‘बी’ ल्याएको स्कूलका प्रिन्सिपल रमेश मिश्राले जानकारी दिए ।
कोशी विद्या मन्दिरबाट ५५ जनाले परीक्षा दिएकोमा २० जना ‘ए प्लस’, ३० जना ए र ५ जना बी प्लस ग्रेडमा उत्तीर्ण भएको स्कूलका निर्देशक राजेशकुमार दासले बताए ।विराटनगरको मदरल्याण्ड एकाडेमीबाट ४३ जनाले परीक्षा दिएकोमा ६ जना ‘ए प्लस’, १९ जना ए,  १३ जना बी प्लस र ५ जनाले बी ग्रेडमा उत्तीर्ण भएको स्कूलका प्न्सििप मोहन बुढाथोकीले जानकारी दिए ।
मोर्डन एरा स्कूलबाट ६० जनाले परीक्षा दिएकोमा २६ जनाले ‘ए प्लस’, ३१ जनाले ‘ए’ र ३ जनाले ‘बी’ ग्रेड ल्याएको स्कूलका संस्थापक सञ्चालक इन्द्र राईले दिए ।
बुढानिलकण्ठ स्कूलबाट सहभागि ६५ विद्यार्थी मध्ये ३ जनाले ए प्लस, ३७ जनाले ए र १ जनाले बी प्लस ग्रेड प्राप्त गरेको स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले जानकारी दिए ।
भानु स्कूल विराटनगरबाट ३९ जना सहभागि विद्यार्थी मध्ये १३ जनाले २० जनाले ए र ६ जनाले बी ग्रेड ल्याएको प्रिन्सिपल महेन्द्र सिटौलाले जानकार दिए ।
नयाँ व्यावस्थापनबाट सुरु भएको जेम्स इन्टरनेशनल स्कूल पोखरीयाबाट १० जनाले ए प्लस, २६ जनाले ए र १५ जनाले बी प्लस ग्रेड ल्याइ उतिर्ण भएको स्कूलका प्रिन्सिपल भेषराज पोखरेलले जानकारी दिए ।
विराटनगरको नमुना स्कूलबाट सहभागि ७८ विद्यार्थी मध्ये २७ जना विद्यार्थीले ए प्लस, ४३ जनाले ए र ८ जनाले वी प्लस ग्रेड ल्याएको स्कूलका प्रिन्सिपल शिव अधिकारीले जानकारी दिए ।
विराटनगरको पेरागन एकाडेमीले २५ जना सहभागी रहेकोमा १२ जनाले ए प्लस,८ जनाले ए,५ जनाले बी प्लस ग्रेड ल्याएको स्कूलका प्रिन्सिपल दिपकप्रसाद घिमिरेले जानकारी दिए ।
सलकपूरमा रहेको ब्राइट फ्युचर स्कूलबाट सहभागि ५७ जना विद्यार्थीहरु मध्येबाट१२ जनाले ए प्लस,२४ जनाले ए,१० जनाले बी प्लस र ११ जनाले बी ग्रेड ल्याएको स्कूलका प्रिन्सिपल टिकाराम ढकालले जानकारी दिए ।
सेन्टजोसेफ स्कुलबाट एकसय ४२ विद्यार्थी सहभागि भएका मध्ये ४० जनाले ए प्लस ८० जनाले ए र २२ जनाले बी प्लस ग्रेड ल्याएको स्कूलले जनाएको छ ।
१४ जना विद्यार्थी ज्ञान सारथी विद्यापिठबाट २ जनाले ए प्लस, ८ जनाले ए र ४ जनाले बी प्लस ग्रेड ल्याएको स्कूलले जनाएको छ ।
होलील्याण्ड स्कूलबाट १२ जनाले ए प्लस, १३ जनाले ए, ३ जनाले बी प्लस, ३ जनाले बी ग्रेड प्राप्त गरेका छन् ।
विराटनगरको मदर टेरेसा स्कूलबाट ३८ जना सहभावि विद्यार्थी मध्ये ८ जनाले ए प्लस, २७ जनाले ए र ३ जनाले बी प्लस ग्रेड ल्याएको प्रिन्सिपल अजय यादवले जानकारी दिए ।
विराटनगरको अन्नपूर्ण एकेडेमीबाट १७ जना सहभागि विद्यार्थी मध्ये ५ जनाले ए प्लस,१२ जनाले ए ग्रेड ल्याएका छन् ।
विराटनगरको ज्ञानोदय स्कूलबाट २६ जना सहभागि विद्यार्थी मध्ये १८ जनाले ए प्लस,७ जनाले ए र १ जनाले बी प्लस ग्रेड ल्याएको स्कूलका संस्थापक राजेश आचार्यले जानकारी दिए ।
विराटनगरमा रहेको एजेलिया बोर्डिङ स्कूलबाट २२ जना परीक्षामा सामेल भएकोमा ७ जनाले ‘ए प्लस’ , ११ जनाले ‘ए’ र ४ जनाले ‘बी’ प्लस’ ग्रेड ल्याएको स्कूलका प्रिन्सिपल सेवक बजगाईले जानकारी दिए ।
विराटनगरकै अर्कीड पब्लिक स्कूलबाट ४१ जना परीक्षामा सामेल भएकोमा ८ जनाले ‘ए प्लस’ , १४ जनाले ‘ए’ र १९ जनाले ‘बी’ प्लस’ ग्रेड ल्याएको स्कूलका निर्देशक सिएम रिजालले जानकारी दिए ।
विराटनगरमा रहेको कान्तिपुर सेकेन्डरी स्कूलबाट ३० जना परीक्षामा सामेल भएकोमा ६ जनाले ‘ए प्लस’ , १३ जनाले ‘ए’ र ११ जनाले ‘बी’ प्लस’ ग्रेड ल्याएको स्कूलका प्रिन्सिपल देविलाल महतोले जानकारी दिए ।
त्यस्तै इडेन नेशनल बोर्डिङ,लर्डबुद्ध स्कूल, पूर्वाञ्चल विद्यासदन, शिक्षादिप, सप्तकोशी, गोदावरी बोर्डिङ स्कूल, सिद्धार्थ स्कूल, मार्टस, स्कूल, अरनिको स्कूलले उत्कृष्ट नतिजा ल्याएको स्कूलले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर