animated ellipse animated ellipse

मोरङ कोटा कम हुँदा रेविजको भ्याक्सीन अभाव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ असार २०७४, शुक्रबार १७:२०
3
Shares
विराटनगर,२ असार कुकुरले टोक्दा लगाउने रेविज विरुद्धको भ्याक्सीनको मोरङमा अभाव भएको छ ।
रेविजको खोप लगाउन कोशी अञ्चल अस्पताल आउने विरामीले भ्याक्सीन लगाउन नपाएका हुन् । दैनिक ३० देखि ४० जना सम्म भ्याक्सीनका लागि आउने गरेका भएपनि भ्याक्सीनको कोटा कम भएका कारण पुर्याउन नसकिएको अस्पतालका मे सु डाक्टर रोशन पोखरेलले जानकारी दिए । उनका अनुसार क्षेत्रीय मेडिकल स्टोरले कोशी अञ्चल अस्पताललाई मासिक सात सय पचास फायल भ्याक्सीन उपलब्ध गराउने भएकोले कमी भएको हो । जवकी अस्पतालमा एक महिनामा ९ सय देखि १२ सय सम्म विरामी आउने गरेका छन् ।
मेसु पोखरेलका अनुसार यती भ्याक्सीनले मुस्किलले २० दिन पुग्ने र वाकी दश दिनका लागि अपुग हुने भएकोले पनि समस्या भइरहेको छ । रेविज विरुद्धको भ्याक्सीन सरकारले निशुल्क रुपमा प्रदान गर्ने गर्दछ । मोरङमा कोशी अञ्चल अस्पतालमा यो भ्याक्सीन दिने गरीएको छ । कुकरले टोके एक ब्यत्तिले यो भ्याक्सीन २८ दिन भित्रमा तिन देखि पाँच पटक सम्म लगाउनु पर्छ । तर भ्याक्सीन नपाए अन्तै गएर महगोमा लगाउन वा भ्याक्सीन आउने आशमा बस्न विरामीहरु बाध्य हुनुपरेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहताले कोटा नै कम भएकोले अभाव भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर