AArya
RUMPUM
animated ellipse animated ellipse

स्वतन्त्र तर्फबाट उम्मेदवारी घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ असार २०७४, बिहीबार १५:३१
9
Shares
विराटनगर, १ असार / विराटनगर महानगरपालिकामा स्वतन्त्र नागरिकहरुको गठबन्धनले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।
स्वतन्त्र नागरिकहरुको समुह ‘ स्वतन्त्र गठबन्धन’ले उपमेयर सहित विराटनगर महानगरपालिकाको विभिन्न वार्डहरुमा उम्मेदवारी घोषणा गरेको हो ।
आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै गठबन्धनका संयोजक उत्तम ढुङगेलले महानगरपालिकामा उपमेयर सहित वार्डहरुमा उम्मेदवारी दिएको बताएका हुन् ।
उनका अनुसार गठबन्धनले विराटनगर वार्ड नं २ मा महेश बाहेती, ६ मा सुमन साह, वार्ड नं १० मा अमलेश कर्ण, वार्ड नं १४ मा राजु ताम्रकार, वार्ड १५ मा आइतबहादुर तामाङलाई अध्यक्षमा अघि सारेको हो । कुमार काफ्लेलाई वार्ड १३ र कविर तामाङलाई वार्ड नं १६ को उम्मेदवार बनाएको हो । गठबन्धनले उत्तम ढुङ्गेललाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
विराटनगरका राजनीतिक दलहरुले विराटनगरको विकास गर्न नसक्ने भन्दै स्वतन्त्र नागरिकहरुको तर्फबाट उम्मेदवार दिइएको उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर