RUMPUM
animated ellipse animated ellipse

प्रहरीको भूमिको प्रति असन्तुष्टी बढ्यो, होटलको १ लाख ६९ हजार बिल नतिरेको आरोप

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ जेष्ठ २०७४, बुधबार १५:२६
3
Shares
पथरी,३१ जेठ । सुरुमा निक्कै कडा र प्रभावशाली छबि बनाउन खोजेका इन्स्पेक्टर राजन कार्कीको पछिल्लो समयमा जन गुनासो बढ्नुको साथै दबाब तथा प्रभावमा पर्ने गरेको घट्नाहरु फेला पर्न थालेको छ ।
केही दिन अघि गायक समिर बिकलाई गैर कानूनी रुपमा पक्राउ गरी निर्घात कुटपिटगरी ५ घण्टापछि छाडिएको घट्ना सञ्चार माध्यममा सार्वजनिक भएको थियो । हवल्दार ९मेजर० चित्र तामाङको पिटाइमा परेका बिकलाई हिनडुल गर्न कठिन भइरहेको छ । घट्ना सुनेर उनका बाबुमजदूरी गर्न भारतको आसाम बाट घर आएका छन् । छोरोको अवस्था देखेर उनका बाबु पारिवारिक जमघटमा धुरुधुरु रोए । प्रहरीबाट ज्यान मार्नेसम्म धम्कि पाएका गायक बिक अझै आतंकित छन ।
उक्त घट्ना सार्वजनिक भएपछि प्रहरीले गरेका कर्तूतहरु खुल्न थालेका छन् । प्रहरीद्वारा प्रताडित पीडितहरु बोल्न थालेका छन् ।
मोरङको पथरी स्थित खोटाङ्गे चाम्लिङ होटल एण्ड लजबाट प्रहरीले बैशाख तेस्रो साता जोडी पक्रउ गरेको थियो । यौन कार्य गराएको अभियोगमा एक युवा, तीन युवती र साहुनी समेत पक्रेर सुरुमा मानव बेचबिखनमा मुद्धा चलाउने भनेपनि प्रहरी निरिक्षक राजन कार्कीले पछि सार्वजनिक मुद्धा चलाएका थिए । १५ दिनको हिरासदपछि उनीहरु छुटेका थिए ।
एकैदिन यस्तै जोडी पक्राउ गरी अर्को होटलको जोडी र सञ्चालक सोही दिन छाडेका थिए । एउटै प्रकृतिको घट्नामा प्रहरीको दुई प्रकारको व्यबहार हुँदा बजार खासखुस कुरा भएपनि त्यसबेला बिषय सतहमा भने आएन ।
यो भन्दा अघि प्रहरीले पाथिभारा होटल एण्ड लजबाट समेत जोडी पक्रेर मुद्धा चलाएका थिए । पाथिभारामा पक्रेकै दिन अर्को होटलबाट पक्रेको जोडी र सञ्चालक पनि सोही दिन छाडिएको थियो ।
एकै दिन, एकै समयमा पक्राउ परेको एउटा जोडी तथा सञ्चालकलाई मुद्धा चलाइनु र अर्को होटल सञ्चालक साथै जोडिलाई छाडिनुमा प्रनि कार्की दबाब वा प्रभाबमा पर्ने गरेको चर्चा चुलिन्दै गएको छ । प्रनि कार्की आएपछि यी दुई वटा होटलबाट जोडी पक्रेर कारबाही चलाइदा स्थानीयबासीको समर्थन नै थियो । तर, एकै प्रकृतिको घट्नामा व्यवहार फरकहुदा असन्तुष्टि पनि त्यतिकै छ ।
समिर बिक काण्ड सार्बजनिकपछि १५ दिनसम्म हिरासदमा बसेका होटल सञ्चालक सुनिता राईले प्रहरीको ज्यादति विरुद्ध मुख खोलेकी छन् ।
होटलमा प्रहरी जवानदेखि अधिकृतसम्मका १ लाख ६९ हजार १४५ रुपैया बाँकी खाता देखाउनै सञ्चालक बिजय राईले पैसा माग्दा रकम दिनुको सट्टा प्रहरीको बदनाम गरे फसाइदिने धम्कि आएको बताए ।
होटलको खातामा प्रहरी जवान रमेश कालिकोटे, बिकास गिरी, प्रहरी सहायक निरीक्षक कृपाराम ठाकुर र प्रहरी कार्यालयको नाममा मिति अनुसार के के खाएको वा लगिएको को मिति समेत राखिएको छ । होटलमा सबभन्दा बढी रमेश कालिकोटेको नाममा डेढ लाख भन्दा बढी बिल उठेको छ । कालिकोटेलाई प्रहरी निरीक्षकले सहयोगीको रुपमा राख्दै आएको बुझिएको छ ।
होटलको खातामा प्रहरीको नाममा रुस्लान, डाइमन, बियर, वाइन, रेडबुल, सिकुटी, माछा लगायतको परिकार लेखिएको आठ वटा पाना भरिएको छ । नयाँ बर्ष, बिभिन्न चाड पर्वको अवसरमा बाँकी खातामा नाम लेखाएर प्रहरीले खाने लाने गरेको होटल सञ्चालक बिजय र सुनिता राईले बताए ।
खातामा बाँकी रकम बढी भएपछि प्रहरीहरुलाई पैसा माग्न थालेपछि आफूलाई पक्राउ गरी मुद्धा चलाइएको होटल सञ्चालकको भनाइ छ । हिरासदबाट छुटेपछि उक्त रकम माग्दा प्रनि राजन कार्कीले होटल ब्यवसायीहरुकै छेउमा प्रहरी राज्य हो, तँ ब्यक्ति होस, बदनाम गर्दै हिडे थप कारबाही गर्ने धम्कि दिएको सञ्चालक बिजय राईले बताए । डेढ लाखसम्म एउटा पुलिसले खान्छ रु यत्रो खाइन्जल के हेरिस, बन्दाम नगर प्रनि कार्कीले भनेको बिजयले बताए ।
‘तँ झुलो होस, प्रहरी चकमक हो, मैले जहाँ ठोस्छु त्यहाँ जल्छस’ बिजयले भने इन्स्पेक्टरले भनेको त्यो शब्द अझै बिर्सेको छैन । यतिमात्र होइन पक्राउ परेपछि होटल सञ्चालक, तीन महिला र एक युवाको फोटो खिचेर इलाका प्रहरी कार्यालय पथरीको फेसबुक पेजमा प्रहरीले यौन कर्मीको रुपमा चित्रण गरेर अपलोड गरिएको थियो । प्रमाणित नहुने तस्वीरहरु खिचेर सामाजिक सञ्चालनमा सार्वजनिकहुनु सार्वजनिक अपराध भन्दा ठूलो अपराधको रुपमा लिइन्छ ।
पथरीका केही होटलहरुमा प्रहरीले बेलाबेलामा पेय पदार्थहरु माग्ने गरेको माग पुरा नगर्ने होटलमा बढी छापा मार्ने गरेको एउटा होटल सञ्चालकले बताए । अपराधी पक्रिन आएजस्तो प्रहरी एक्कासी कुदेर होटलमा आउने अनि अनुमति बिनै सरासर पसेर रुम चेक गर्ने गरेको बताइएको छ । ३—४ जना प्रहरी बन्दुक सहित कुदेर आउने रुममा कोही नभेटेपछि धेरै पटक फर्केर जाने गरेको छ । यो तरिकाले छापा मार्दा उक्त होटलमा बिक्रिमा कम आउने गरेको होटल सञ्चालकको भनाइ छ ।
चाम्लिङ्ग होटलमा रहेको बाँकी खाताको बारेमा प्रनि राजन कार्कीले संचारकर्मीको प्रश्नमा भने जस्ले खाएको उस्ले तिर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर