AArya
RUMPUM
animated ellipse animated ellipse

गलत संस्कार अन्त्य गर्न धार्मिक गुरुहरुको भूमिका

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ जेष्ठ २०७४, बुधबार १५:२३
3
Shares
विराटनगर, ३१जेठ/ समाजमा विद्यमान हानिकारक परम्परागत अभ्यासहरुलाइ न्युनिकरण गर्न धार्मिक अगुवाहरुले मुख्य भुमिका खेल्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।
प्लान नेपालको सहयोगमा ओरेक नेपाल विराटनगरले आज विराटनगरमा आयोजना गरेको हानिकारक परम्परागत अभ्यास न्युनिकरणका लागि आयोजना गरेको अन्तरक्रियामा सहाभागिहरुले यस्तो बताएका हुन् ।
मोरङ जिल्लामा केन्द्रीत रहेर आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लामा अझै पनि बालविवाह, जातिय छुवाछुत, दहेज प्रथा, घुङ्घट प्रथा, बहुविवाह लगायतका प्रथाहरु विद्यमान रहेको बताए ।
संकृति र संस्कारका नाममा समाजमा विद्यमान रहेका यस्ता प्रथाहरु निकै नै हानिकारक हुने हुदा यसको न्यूनिकरणमा भार्मिक अगुवाहरुको महत्वपुर्ण भुमिका हुने उनिहरुले बताए । कार्यक्रममा रिडेफ नेपाल, राष्ट्रिय मानव अधिकार आयोग, महिला तथा बालबालिका कार्यालय, फरेन लगायत विभिन्न धार्मिक संगसंगठनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर