प्याब्सनद्वारा बन्द फिर्ताको माग

खबर पूर्वाञ्चल, ३१ जेष्ठ २०७४, बुधबार १७:३६
विराटनगर, ३१ जेठ/ राष्ट्रिय जनता पार्टी नेपालले गरेको आन्दोलन प्रति निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवाशिय विद्यालय अर्गनाईजेशन(प्याब्सन) मोरङले असन्तुष्ठी जनाएको छ ।
जेठ ३० गते देखि गरेको मधेश बन्द र असार १० गते देखि गर्ने भनको अनिश्चित कालिन बन्द घोषणाले ध्यानाकर्षण भएको प्याब्सनले जनाएको हो । विद्यालय र बालवालिका शान्ति क्षेत्र भएको बताउदै प्याब्सनले स्कुले सञ्चालन गर्न र विद्यार्थी बोक्ने स्कुल सञ्चालन हुने वातावरण मिलाउन माग गरेको छ ।
प्याब्सनका कार्यबाहक अध्यक्ष शुनिल पौडयालद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्याब्सनले कक्षा ११ को परीक्षा असार १ गते देखि हुने बताउदै बिहिवारबाट सवै सकुल कलेज सञ्चालनको बातावरण मिलाउन माग गरेको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.