AArya
RUMPUM
animated ellipse animated ellipse

किसानलाई कामको चटारो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ जेष्ठ २०७४, बुधबार १६:०४
3
Shares

बिनु तिम्सिना
विराटनगर, ३१ जेठ/  मोरङका किसानहरुलाई यतिबेला भ्याइनभ्याइ छ । खेतीको समय भएकाले पनि यतिबेला किसानहरुलाई बाली लगाउन र भित्र्याउन धमाधम छ । मोरङका किसानलाई कतै धान रोप्न हतार छ भने कतै पाकेको धान बाली भित्र्याउने चटारो छ ।

यतिबेला मोरङमा कतै धान रोप्ने चटारो छ, कतै बिउ राख्ने त कतै पाकेको धान भित्र्याउने चटारो छ । यतिबेला जिल्लामा लगाइएको बोरोधान धमाधम थन्क्याउने काम भइरहेको छ भने चैतेधान पाकेर धमाधम कटानी भइरहेको छ । त्यस्तै बर्खेधान लगाउनका लागि खेतमा बिउ तयारी अवस्थामा छ ।

बोरो धानको खेती देशमै मोरङ र झापामा मात्रै हुने गरेको छ । बंगलादेशबाट भित्रिएको यो धानलाई ‘बोरो राइस’ भनिन्छ । पूर्वी तराईका जिल्लामा सामान्यतया दुई बाली धानखेती हुने गर्छ । सिंचाइ सुविधा वा आकाशे पानीका भरमा किसानले हिउँदे र बर्खे धान रोप्ने गर्छन् ।

परम्परागत रूपमा दुई बाली धानखेती गरिरहेका किसानका लागि बंगलादेशबाट मंसिर, पुसमा पनि खेती गर्न मिल्ने जातको धान बिउ नेपालमा भित्रिएको हो । बंगलादेशबाट पूर्वी नेपालको झापा र मोरङमा ‘बोरो राइस’ जातको धान भित्रिएपछि यहाँका कृषकहरुले बारोधान लगाउन थालेका हुन् ।

उक्त धान काँचैमा पनि बिक्री हुने हुँदा खेत बाँझो छाड्नुभन्दा बोरो राइस लगाउन थालेको रंगेलीका किसान दयानन्द मण्डल बताउछन ।

डेढ बिघा जग्गामा बोरो धान लगाएका मण्डल एक बिघामा ८० मन फल्ने गरेको बताउछन । बोरो धान पुस माघको जाडोमा रोपाइँ गरेर फागुन चैतमा धान थन्क्याउन सकिन्छ । तर, मोरङका किसानहरुले जाँडोभरि बिउ राख्ने र ढिलो गरी रोप्ने हँुदा यसको राम्रो प्रतिफल पाउन नसकेको जिल्ला कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत काशी चौधरीले बताउछन ।

राम्रो उत्पादन हुने गरे पनि किसानहरुले बिउ धेरै समयसम्म राखेर रोप्ने हुँदा सोचेजस्तो उत्पादन नहुने उनको भनाई छ । मोरङमा खासगरी रंगेली, आमगाछी, डाइनिया, बुधनगरलगयातका क्षेत्रमा गरी करिब दुई सय हेक्टर क्षेत्रफलमा बोरो धान लगाइन्छ । यो धानको ब्याड राखेको १५ दिनमा बेर्ना तयार गरेर रोप्ने हो भने १ सय ५ दिनमै धान पाकेर काट्ने बेला हुने र उत्पादन पनि राम्रो हुने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर