बिद्युतिय गतिमा प्रचारप्रसार गर्न उम्मेद्वारलाई निर्देशन

खबर पूर्वाञ्चल, ३० जेष्ठ २०७४, मंगलवार १८:२९
विराटनगर, ३० जेठ / नकेपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा सांसद शिवकुमार मण्डलले प्रचण्ड नेतृत्वको सरकारले गरेको एतेहासिक कामको जानकारी गराउँदै मतदाताहरुसँग भोट माग्न निर्देशन दिए ।
मोरङको कटहरी गाउँपालिको प्रमुख र उपप्रमुखसहितको उम्मेदवारलाई मंगलबार प्रशिक्षण दिदै मण्डलले माओवादीले गरेको उपलब्धीको प्रचार गर्दै अब मतदाताहरुसँग भोट माग्नुपर्ने बताए ।
उनले उम्मेदवारहरुलाई आन्तरीक रुपमा एकताबद्ध भएर अभियानमा होमिएमात्र नतिजा राम्रो आउने भएकाले बिद्युतिय गतिमा प्रचारप्रसारमा लाग्नुपर्नेमा जोड दिए । प्रचार प्रसार गर्ने समय सकिन लागेको हुनाले अर्जुनदृष्टि भएर लाग्नुपर्ने उनको भनाई थियो ।
कटहरी गाउँपालिका प्रमुख, उपप्रमुखसहित वडा अध्यक्ष तथा सदस्यहरु गरी ३७ जना उम्मेदवारलाई प्रशिक्षण दिएको थियो । कार्यक्रममा कटहरी गाउँपालिको इन्चार्ज उपेन्द्र राय, ग्रामथान गाउँपालिकको इन्चार्ज बिजय विश्वास, कानेपोखरी गाउँपालिकाको संयोजक मनोज राजवंशी, पूर्व संस शान्तीदेवी राजवंशीको सहभागिता रहेको थियो ।
कटहरी गाउँपालिको प्रमुखमा योगेन्द्र यादव र उपप्रमुखमा विन्धी मिश्राको उम्मेद्वार पार्टीले घोषणा गरके छ । त्यस्तै १ नम्बर वडाको अध्यक्षमा महमद अब्जुल, २ मा किशोर कुमार पाण्डे, ३ मा कसिलदेव यादव, ४ मा प्रवित नारयण साह, ५ मा घनश्याम सिंह, ६ मा मङगला सरदार र ७ मा विनोद माझीको उम्मेदवार पार्टी घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५