गायक विक कुटिए

खबर पूर्वाञ्चल, २८ जेष्ठ २०७४, आईतवार २१:२०
पथरी, जेष्ठ २८, आइतबार।  पारिवारिक झगडाको बिषयलाई लिएर गायक समिर विकलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरीले निर्घात् कुटपिट गरेको छ । बिना कुनै सुचना र निबेदन बिना उनलाई प्रहरीले शनिवार बिहान अपहरण सैलीमा ईलाका ल्याई कुट पिट गरेको गायक बि.कले बताए ।
छलफलको क्रममा सार्वजानिक स्थलमै मेजर भनिने चित्र लामाले मारिदिने धम्की समेत दिएका छन ।रक्षक नै यसरी भक्षक भएपछि जनताले न्याय काहाँ पाउछन ? पथरीशनिश्चरे–४ स्थायी घर भएका गायक विकको पत्नी शर्मिला पौडेलीसँग सामान्य घर झगडा भएको थियो ।
उनकी पत्नी शर्मिला स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना भएकी छन् । इलाका प्रहरी कार्यालय पथरीमा डिउटी लिइरहेकी पत्नीसँग भएको सामान्य विवादकै बिषयमा शनिबार इलाका प्रहरी कार्यालय पथरीका प्रहरीले गायक बिकलाई पक्राउ गरी थानामा ल्याइ निर्घात कुटपित गरेको बताइएको छ ।
कुटपिटबाट गायक बिकको पाइताला, हातको पन्जा र टाउको लगायतका स्थानमा निलडाम रहेको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५