ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चैते धान उत्पादन बढाउन अनुदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ जेष्ठ २०७४, शुक्रबार ०७:२५
3
Shares

विराटनगर, २५ जेठ/ जिल्ला कृषि विकास कार्यालय मोरङले चैते धानको उत्पादन बढाउनका लागि किसानलाई अनुदान वितरण गरेको छ ।

वृहत्तर धान उत्पादन कार्यक्रममार्फत चैते धान लगाउने किसानलाई अनुदान वितरण गरिएको हो । कार्यालयले बिहीबार एसआरआई प्रविधिबाट चैते धान लगाउने मधुमल्ला र पथरीका किसानलाई अनुदान वितरण गरिएको हो । कार्यालयले प्रतिहेक्टर पाँच हजारका दरले अनुदान वितरण गर्दै आएको छ । यस वर्ष मोरङमा १३ हजार ६ सय ५५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ । जसमा एसआरआई अर्थात् लाइन मिलाएर एक सय ५० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ ।

धानको उत्पादन वृद्धि गराउन सरकारले गत वर्षदेखि अनुदानको कार्यक्रम ल्याएको हो । एक हजार हेक्टरमा एसआरआई प्रविधिबाट चैते धान लगाउने लक्ष्य लिइएको भएपनि यस वर्ष लक्ष्य पूरा नभएको कृषि कार्यालयले जनाएको छ । जसले गर्दा यस वर्ष मोरङमा बृहत्तर धान उत्पादन कार्यक्रम अन्तरगत चैते धान लगाउने किसानलाई वितरण गरिने अनुदानको ४२ लाख रकम फ्रिज भएको छ । एसआरआई प्रविधिबाट चैते धान लगाउने किसानलाई मात्रै अनुदान वितरण गर्ने कार्यक्रम रहेको र किसानहरुले उक्त प्रविधिको प्रयोग कम गरेका कारण अनुदान बापतको रकम फ्रिज भएको कार्यालयले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर