खबर पूर्वाञ्चल
विराटनगर, २५ जेठ/ मोरङका तीन वटा नगरपालिका तथा दुईवटा गाउँपालिकामा नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालले आफ्ना उम्मेद्वार घोषणा गरेको छ ।
एउटै चुनाव चिन्हमा संयुक्त रुपमा निर्वाचन लड्ने केन्द्रीयस्तरको सहमति अनुसार ती दुवै पार्टीले ४ तहमा आफ्ना उम्मेद्वार घोषणा गरेको हो । बेलबारी, पथरी तथा उर्लाबारी नगरपालिका तथा मिक्लाजुङ र कानेपोखरी गाउँपालिकामा संयुक्त उम्मेद्वारी सार्वजनिक गरिएको छ । बेलबारी नगरपालिकामा मेयरमा नयाँ शक्तिका प्रताप थापा र उप मेयरमा संघीय समाजवादीकी शान्ता तामाङ रहेका छन् ।
यस्तै पथरी नगरपालिकामा पनि नयाँ शक्तिका तर्फबाट मेयर र संघीय समाजवादीको तर्फबाट उपमेयरमा क्रमश ः देबराज भण्डारी र खिनामाया लिम्बूको नाम टुंग्याएको नयाँ शक्तिका केन्द्रीय सदस्य तेजलाल कर्णले जानकारी दिनुभयो ।
यस्तै उर्लाबारी नगरपालिकामा पनि नयाँ शक्तिकै मनोहरि दाहाल मेयरमा र उपमेयरमा संघीय समाजवादीका सावित्रा याक्खाको नाम टुंगो लागेको छ ।
यता कानेपोखरी गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा पनि क्रमशः नयाँ शक्तिकै तर्फबाट सुनिल पराजुली र माधब संजेललाई संयुक्त उम्मेद्वार बनाउने दुवै पार्टीबीच सहमति भएको कर्णले जानकारी दिनुभयो । उर्लाबारी नगरपालिका, कानेपोखरी तथा मिक्लाजुङ गाउँपालिकाको उपप्रमुखमा तथा अन्य उम्मेद्वारको टुंगो भने लागिनसकेको बताइएको छ ।
बेलबारी नगरपालिकाको वडा अध्यक्षका उम्मेद्वार
वडा नं. १ बासुदेब राई (संघीय)
वडा नं. २ चेतनाथ दुलाल (नयाँ शक्ति)
वडा नं. ३ तिलक राई (संघीय)
वडा नं. ४ भक्त ब. राई (संघीय)
वडा नं. ८ सुदर्शन राई (संघीय)
वडा नं. ९ महेन्द्र कु. राई (संघीय)
वडा नं. १० अमिर मगर (संघीय)
वडा नं. ११. बर्ण राई (संघीय)
पथरी नगरपालिका वडा अध्यक्षका उम्मेद्वार
वडा नं. १. तारा बास्तोला दवाडी (नया शक्ति)
वडा नं. २ दिल ब. तामांग (संघीय)
वडा नं. ३ काबुल ब. मगर (स्वतन्त्र)
वडा नं. ४ तारा प्र. ढकाल (नयाँ शक्ति)
वडा नं. ७ दुर्गा तामाङ्ग (नयाँ शक्ति)
वडा नं. ९ रोशन खरेल (नयाँ शक्ति)
वडा नं. १० पदम प्र. दाहाल (नयाँ शक्ति)
उर्लाबारी नगरपालिका वडा अध्यक्षका उम्मेद्वार
वडा नं. ४ विज्ञान ढुंगाना (नयाँ शक्ति)
वडा नं. ६ राधिका नेपाल (नयाँ शक्ति)