विराटनगरलाई प्लाष्टिक झोला न्यूनीकरण गर्न घोषणापत्र जारी

खबर पूर्वाञ्चल, २५ जेष्ठ २०७४, बिहीबार ०६:२७

विराटनगर, २४ जेठ/ विराटनगर महानगरपालिकालाई प्लाष्टिकको झोला न्यूनिकरण गर्नको लागि सरोकारवालहरुले १० बुँदे घोषणा पत्र जारी गरेका छन् ।  महानगरपालिकालाई सुरुमा न्युनिकरण गर्ने र त्यसपछि पूर्ण रुपमा निषेध गरि प्लाष्टिक मुक्त माहानगर घोषणा गर्न विराटनगर महानगरपालिको सहयोगमा प्लाष्टिक झोला न्यूनिकरण घोषणा पत्र २०७४ बुधबार जारी भएको हो ।

उनीहरूले कपडा र जुटको झोला प्रयोग गरि प्लाष्टिकको झोला न्यूनीकरण गर्ने, विभिन्न जाति, भाषी, वर्ग र सामुदायमा जनचेतना अभिवृद्धी गर्ने, फोहरमैला व्यवस्थापन ऐन २०६८ पूर्ण रूपमा कार्यान्वयन गर्ने, सरकारबाट निर्देशन गरे बमोजिमको कार्यक्रममा कार्यान्यन गर्ने, प्लाष्टिकको झोलाबाट घरघरमा फूल सागसब्जी रोप्ने गमलाको रूपमा प्रयोग गर्ने रहेको छ । त्यस्तै वेस्ट म्यानेजमेन्ट ग्रुपलाई जिम्मेवार बनाउने, सबै जनप्रतिनिधीलाई फोहर मैला व्यवस्थापन गर्नका लागि जिम्मेवार बनाउने र फोहरमैला व्यवस्थापनसम्बन्धी अनुगमन तीव्र बनाउनका लागि सबै जिम्मेवार निकायलाई सक्रिय बनाउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

नगर क्षेत्रलाई पहिले झोला न्यूनीकरण गर्ने र त्यसपछि प्लाष्टिक झोला पूर्ण रूपमा निषेध गरि सुन्दरसहरको रूपमा परिचत गराउन दिगो विकासको लागि अनुसन्धान केन्द्र विराटनगरको आयोजना तथा  विराटनगर महानगरपालिको सहयोगमा दुई दिने तालिम भएको हो । तालिममा विभिन्न क्षेत्रका ४५ जनाको सहभागिता रहेको अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक अविजाल विष्टले जानकारी दिनुभयो । तालिमको सहजीकरण वातावरण विज्ञ इन्जिनियर घनश्याम काफ्ले, पूर्वाञ्चल विश्व विद्यालयका प्राध्यापक महेश निरौला, उद्योग संगठन मोरङका पूर्व अध्यक्ष शिवशंकर अग्रवाल, पत्रकार महाप्रसाद खतिवडा, विराटनगर उपमहानगरापालिकको वातवरण शाखा प्रमुख अनिता न्यौपानेलगायतले सहजीकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.