RUMPUM
animated ellipse animated ellipse

एजेलिया स्कूलका विद्यार्थीले गरे वृक्षारोपण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ जेष्ठ २०७४, सोमबार १८:०७
3
Shares
विराटनगर, २२ जेठ/ विराटनगरमा रहेको एजेलिया बोर्डिङ स्कूलका विद्यार्थीहरुले सोमबार वृक्षारोपण गरेका छन् । स्कूलमा अध्ययरत विद्यार्थीहरुले मोरङको नयाँबजारमा रहेको जुडीखोलाको ढिलमा २ सय वटा विभिन्न प्रजातिका विरुवा वृक्षारोपण गरेका हुन ।
प्रत्येक वर्ष असारमा आउने बाढीको कारण यस क्षेत्रको ठाउँमा जुडीखोलाले कटान गर्ने भएकाले स्कूलका विद्यार्थीहरुले सामाजिक कार्य गर्ने उद्देश्य अनुरुप वृक्षारोपण गरिएको स्कूलका प्रिन्पिल सेवक बजगाईले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुले सिसौ, अमला, कदमलगायतको विभिन्न विरुवा रोपेको बताए ।
यस स्कूलले यसअघि पनि स्कूल अगाडीको सडकमा वृक्षरोपण गरेको छ । विराटनगरको पानीट्याङकी चोकदेखि भट्टीमोडसम्मको सडकको बिचमा वृक्षारोपण गरेको थियो । स्कूलले विराटनगर महानगरापालिकासँग सहकार्य गरि यस क्षेत्रमा वृक्षारोपण गरि हुर्काउने जिम्मा लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार