खबर पूर्वाञ्चल
विराटनगर, २० जेठ / मिस नेवा कोशी २०१७ को विराटनगरमा शनिबार भएको पहिलो चरणको अडिसनमा उल्लेख्य मात्रमा नेवार सामुदायका किशोरीहरुको सहभागि जनाए । नमस्कार होटलमा भएको अडिसनमा विराटनगर, इटहरी, धरान, दमकसम्मका किशोरीले अडिसनमा सहभागि थिए ।
नेवार सामुदायमा रहेको किशोरीहरुको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मन्जिना मुभिज कृएसनको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगिताको पहिलो अडिसनबाट १७ जना छनौट भएको कृएसनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । व्यक्तित्व, उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने किशोरीहरु छनौट भएको बताइएको छ । प्रतियोगिता दोस्रो अडिसन असार १० गते हुने भएको छ । छनौट भएका किशोरीहरुलाई असार १५ गतेदेखि प्रशिक्षण दिने आयोजकले बताएको छ । प्रशिक्षणमा व्यक्तित्व विकास देखि प्रतियोगिहरुलाई सामाजिक कार्यको बारेमा जानकारी दिनेछन् ।
पहिलो चरणको अडिसनको निर्णायकहरुमा पर्यटन व्यवसायी भबिस श्रेष्ठ, कृएसनका निर्देशक तथा अभिनेता जतिन ताम्राकार, फोटोग्राफर सञ्जय श्रेष्ठ रहेका थिए ।
कृएसनका निर्देशक तम्रकार भन्छन्, ‘सँस्कृति र आफ्नो परम्परा जोगाउन यस्तो प्रतियोगिता आयोजना गरेका हौं ।’ यस प्रतियोगितामा १५ देखि २५ वर्षसम्म नेवारी किशोरीहरुले मात्र भाग लिन पाउनछन् । प्रतियोगिताको फाइनल आउँदो साउन ७ गते विराटनगरमा हुनेछ । प्रतियोगिताको बिजेताले आकर्षण क्राउनको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् । त्यसको साथै प्रतियोगिता टप फाइपमा पर्ने एक जनालाई मन्जिना मुभिजको आगमी चलचित्रमा अभियन गर्ने मौका दिने ताम्राकारको भनाई छ ।
तपाईको प्रतिक्रिया