खबर पूर्वाञ्चल
विराटनगर, १९ जेठ / विराटनगरमा रहेको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कूलमा नेतृत्व विकास सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुको नेतृत्व विकास गराउने उद्देश्यले स्कूल परिसरमा शुक्रबार तालिम दिएको हो ।
तालिममा स्कूल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन, हाउस भाइस क्याप्टेन र मनिटर गरि २३ जनाको सहभागिता रहेको स्कूलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । नयाँ शैक्षिक सत्र सुरु भएसँगै निर्वाचित भएका क्याप्टेन, भाइस क्याप्टेन र मनिटहरुलाई स्कूलले उनीहरुलाई नेतृत्व क्षमता विकासको लागि तालिम दिएको स्कूलले जनाएको छ । तालिमको सहजिकरण आरजे अनुपमा बास्तोलाले गर्नुभएको थियो ।
स्कूलले विद्यार्थीहरुको चौतर्फी विकासको विभिन्न गतिविधीहरु गर्दै आएको छ ।