AArya
RUMPUM
animated ellipse animated ellipse

प्रथम अन्तर्राष्ट्रिय युवा भेला सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ जेष्ठ २०७४, बिहीबार १६:०५
3
Shares

काठमाडौ, १८ जेठ/ मानव अधिकार र संयुक्त राष्ट्र संघले २०३० सम्म राखेको दिगो विकास लक्ष्यलाई स्थानीयसम्म पु¥याउने उद्देश्यले २६÷२७ मे २०१७ मा युथ फोर हुमन राइट नेपालले अन्तर्रास्ट्रिय युवा सम्मेलन २०१७ सम्पन्न गरेको छ ।

विश्वका ६ महादिपका १७ वटा देशबाट १ सय ४० जना सम्मिलित सो सम्मेलनको उद्घाटन कृषिमन्त्री माननीय गौरी शंकर चौधरीले गरेका थिए । दक्षिण एशियाका संयोजक एनद्रू चाल्मरको सभापतित्वमा सम्पन्न सो समारोहमा राष्ट्रिय मानब अधिकार आयोगका आयुक्त सुमन पाठक, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेल, कृषि आयोगका आयुक्त रबिन्द्र के.शी, नेपाल सेनाका पूर्व कर्नेल रतिन्द्र खत्री छेत्री, पूर्व सशस्त्र प्रहरी प्रमुख सैलेन्द्र कुमार श्रेष्ठ, गौरी प्रधान, शिक्षाविद् प्रदीप्त कादम्बरी, मानव अधिकारकर्मी निलाम्बर बडाल, यूएनडीपीका नेपाल प्रमुख रिनौद मेएर, राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकाल तथा आर्ट अफ लिविंङका प्रशिक्षक भवेश खनालको उपस्थितिमा सम्पन्न २ दिने सम्मेलनको संयोजन युथ फोर हुमन राइट नेपालका अध्क्षय राहुल केसीले गरेका थिए ।

भारत, चिन, मलेसिया, पाकिस्तान, बंगलादेश, थाइलेण्ड, अस्ट्रेलिया, जमैका, अर्जेन्टिना, रोमानिया, क्यानाडाका युवाले आफूले गर्दै आएको कार्यक्रमको प्रस्तुति गरेका थिए भने विज्ञहरुले आफ्नो अनुभब प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर