खबर पूर्वाञ्चल
विराटनगर, १३ जेठ / विराटनगरलाई महानगरपालिका कायम गर्नुपर्ने माग राख्दै नेकपा माओवादी केन्द्र विराटनगरले आज शनिबार विराटनगरमा वृहत ¥यालीले निकालेको छ ।
सरकारले तीन दिन अघि घोषणा गरेको महानगर सर्वोच्चले सरकारका निर्णाय रोक्न अन्तरिम आदेश गरेपछि केन्द्रले महानगर कायम गर्नुपर्ने माग राख्दै ¥याली निकालिएको हो ।
नेपाल सरकारको मन्त्रिपरिषद्को ९ जेठमा बसेको बैठकले विराटनगर उपमहानगरपालिकाको स्तरोन्नति गरी महानगरपालिकामा परिणत गरेको थियो ।
महानगर घोषणा गरेसँगै स्थानिय बासिले घर –घरमा दिप प्रज्ववल गरि खुशियालि मनाएका थिए । खुलियाली मनाएको तीन दिन बित्न नपाउँदै सर्वोच्च अदालले स्थानीय तहको संख्या थप र सिमाना हेरफेर गर्ने सरकारको निर्णाय रोक्न शुक्रबार अन्तरिम आदेश दिएको छ ।
माओवादी केन्द्र मोरङले सर्वोच्च अदालतको अन्तरिम आदेश खारेज गरि माहनगर घोषणा कायम गर्नुपर्ने माग राख्दै विराटनगरको सनसारी माइस्थानदेखि निकालिएको ¥यालिले नगरको विभिन्न भाग परिक्रामा गरेको थियो ।
नगरको मेयरको उम्मेदवार भोगेन्द्र यादव तथा उपमेयर नमिता न्यौपानेसहित नेता, कार्यकर्ताहरुले नगर परिक्रमा गरेका थिए ।