तरकारी तथा फलफुल खेती तालिम सम्पन्न

खबर पूर्वाञ्चल, ११ जेष्ठ २०७४, बिहीबार २२:२६
विराटनगर, ११ जेठ / तरकारी खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले मोरङको भातीगछमा सञ्चालित एक हप्ते मौसमी तथा वेमौसमी तरकारी तथा फलफुल खेती तालिम आज सम्पन्न भएको छ ।
तालिममा भातिगछ क्षेत्र वरपरका गरी २५ जना महिलाको सहभागिता रहेको थियो । सांसद क्षेत्र विकास कोष तथा जिल्ला समन्वय समिति मोरङको आर्थिक सहयोगमा तालिम भएको हो ।
जनशक्ती तथा सामुदायिक विकास केन्द्र विराटनगरको आयोजनमा भएको तालिमका सहभागीहरुलाई तालिम समापनका अवसरमा सांसद अमृत अर्यालले प्रमाणपत्र प्रदान गरे । तालिमका सिकेको ज्ञान र सिपलाई सहि रुपले प्रयोग गरी आयआर्जन वृद्धिगर्न सहभागी हरुलाई सांसद अर्यालले आग्रह गरे । उनले स्थानिय तहको निर्वाचनपछि भातिगछका महिलाहरुका लागी सिलाई कटाइ तालिम ल्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।
तालिमा संस्थाका अध्यक्ष डिकप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघको उपाध्यक्ष कुमोद अधिकारी , महिला उपाध्यक्ष सुशिला पाठक, नेपाली कांग्रेस क्षेत्र नम्वर ५ का क्षेत्रिय सभापती दिलिप पोखरेलले तालीममा प्राप्त सिपलाई सहि रुपले प्रयोगर्न आग्रह गरे ।
सहभागीहरुलाई प्रशिक्षक नवराज मैनालीले तालिम दिएका थिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.