RUMPUM
animated ellipse animated ellipse

उम्मेदवरलाई प्रशिक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० जेष्ठ २०७४, बुधबार १८:०४
3
Shares
विराटनगर, १० जेठ/ दोस्रो चरणको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने तयारीमा जुटेका मोरङका ४ गाउँ तथा नगरपालिकाका महिलाहरुलाई निर्वाचनमा सहभागिता सम्बन्धी प्रशिक्षण गराइएको छ ।
जागरण नेपालको आयोजनामा कटहरी, जहदा, बुढिगंगा गाउँपालिका र सुन्दर हरैचा नगरपालिकामा स्थानीय राजनीतिक दलमा सकृय महिलाहरुलाई प्रशिक्षण गराइएको हो ।
गत शनिवारदेखि पाँच दिने सम्म सञ्चालन भएको तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको जागरण नेपालकी क्षेत्रिय संयोजक प्रतिक्षा बस्नेतले जानकारी दिइन । उनका अनुसार महिला अधिकार, निर्णयक तहमा महिला सहभागिता, निर्वाचन शिक्षा विषयक पाँच दिने जिल्ला स्तरीय तालिममा प्रकाश पोखरेल, भोजकुमारी तामाङ, राजनीतिक दलका महिला नेतृ सदिना खातुन, प्रमिला थापा, गिता तिम्सीना, राधा ढकाल र निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले निर्वाचनमा महिला सहभागिताका विषयमा प्रशिक्षण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर