विराटनगर, ८ जेठ÷ त्रिभूवन विश्व विद्यालयमा कार्यरत प्राध्यापकहरुलाई मासिक ज्यालादारीमा काम लगाउनु पर्ने माग गर्दै स्नाकोत्तर क्याम्पस विराटनगरमा कार्यरत प्राध्यापकहरुले आन्दोलन सुरु गरेका छन् ।
स्नातकोत्तर क्याम्पस विराटनगरमा अध्यापनरत १३ जना आंसिक प्रध्यापकहरुले पेन डाउन आन्दोलन गरेका हुन् ।
दैनिकज्यालादारीमा स्नातक तथा स्नातकोत्तरका कक्षाहरु सञ्चालन गर्दा वृत्ती विकास हून नसक्ने स्नातकोत्तर क्याम्पस आंसीक प्राध्यापक संघका अध्यक्ष रामचन्द्र कोइरालाले वताए ।
त्रिविले ८ वर्ष पछि सेवाआयोग खुलाएर करारमा रहेकालाई स्थायी बनाइएपनि बर्षाै देखि कार्यरत आंसीक प्राध्यापकको हीतमा कुनै काम नभएकाले आन्दोलन गर्नु परेको संघका सचिव दानकुमार ढकालले बताए ।
स्थायी नियूक्ति गरेका प्राध्यापकहरुलाई घर पायक दिने निति तथा सरुवा गराउन पनि समस्या भएकोले आंसीक पा्रध्यापक विना क्याम्पस सञ्चाल नगर्न सम्भव छैन । मासीक ज्यालादारीमा लैजाने सन्दर्भमा पटक –पटक सहमती भएता पनी विभिद कारणवश गर्न नसकीएको तर आंसीक पा्रध्यापकहरुको माग जायज रहेको स्नातकोत्तर क्याम्पस विराटनगरकाक्याम्पस प्रमुख डा.मनोज कूमार राउतले वताए ।