पथरी, ७ जेठ /आदिबासी जनजाती पथरीशनिश्चरे नगर सम्वनय परिषदले चार दिने प्रस्तावना लेखन तालिम सुरु गरेको छ ।
आज पथरीशनिश्चरे १ मा रहेको कन्तुर साकोसको सभाहलमा सुरु भएको हो । नगरपालीकोको ६० हजारको सहयोगमा नगर भित्रका ४० जना आदिवासी जनजातीका छोराछोरीहरुको सहभागिता रहेको छ ।
तालिमलाई सिडिएफ नेपालका कार्यक्रम संयोजक नरबहादुर लिम्बूले सहजिकरण गर्दै छन् । आदिबासी जनजाती पथरीशनिश्चरे नगर सम्वनय परिषदका अध्यक्ष चन्द्रकुमार तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ मोरङका अध्यक्ष मिलनकुमार राईको प्रमुख अतिथि रहेको थियो ।
कार्यक्रम आदिबासी जनजाती पथरीशनिश्चरे नगर सम्वनय परिषदका निर्वतमान अध्यक्ष हेमभक्त तमु,नेपाल तामाङ घेदुङ संघ मोरङ जिल्ला अध्यक्ष डिपि लामा,ग्रामिण अपाङगता सम्वनय समिति पथरीशनिश्चरे अध्यक्ष तुलसी वस्नेत,लिम्बू विद्यार्थी मञ्च मोरङको अध्यक्ष इन्द्र लिम्बू लगाएत अतिथिहरु उपस्थीत रहेका थिए । कार्यक्रम संचालन आदिबासी जनजाती पथरीशनिश्चरे नगर सम्वनय परिषदका सचिव देवेन्द्र वनेमले गरेका थिए ।