विराटनगर, ६ जेठ / पहिलो चरणको चुनावी अभियन सकिएसँगै दोस्रो चरणको निर्वाचन नजिकिएसँगै नेकपा मोओवादी केन्द्रले विराटनगर उपमहानगरपालिका क्षेत्रमा आफ्नो चुनावी अभियान तिब्र बनाएको छ ।
माओवादी केन्द्रले आज विराटनगरमा चुनावी ¥याली समेत प्रदर्शन गरेको छ । ¥याली पश्चात विराटनगरस्थित एक नम्बर वडामा आयोजित सभालाइ सम्बोधन गर्दै माओवादी केन्द्रका सांसद शीवकुमार मण्डलले जसको निति उसैको नृतृत्व स्थापना गर्न सके मात्रै विकासको गतिमा अगाडि बढ्न सक्ने बताए ।
माओवादीको निति तथा एजेण्डामा देश अगाडि बढिरहेको बताउँदै उनले अब स्थानिय तहमा समेत माओवादीले नृतृत्व पाए गाउँ शहरको मुहार परिवर्तन गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
केन्द्रले विराटनगर एकमा चुनाव प्रचारप्रसार समितिको कार्यालय समेत स्थापना गरेको छ । माओवादी केन्द्रले १७ वटा वडामा उमेदवार चयन गरिसकेको जिल्ला संयोजक गोपी अछामीले जानकारी दिए ।